श्रीकान्त झा ।मधेश एक्सप्रेश सिरहा । असार 5-
बाढीले पुल भाँसिदा सदरमुकाम मलंगवा देखि पूर्वपट्टीको हुलाकी सडक अवरुद्ध भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा अत्याधिक वर्षा हुदाँ आएको बाढीले शुक्रवार अपराहन नोकैल्वा गाविस सखुअवा टोल स्थित सफा खोलामा रहेको पुल भाँसिदा सडक अवरुद्ध भएको हो । पुलमा रहेको तीन वटा पिलर मध्ये पूर्व पट्टीको पिलर पुरै भाँसिएको छ । पुल भाँसिएपछि यातायातका साधन पूर्ण रुपमा थप भएको छ । गत बैशाख १२ गते र २९ गतेका दिन गएको महाविनासकारी भूकम्पका कारण पुलको पिलर हलिएको र अचानक एकै चोटी ठूलो बाढी आउँदा पुल भाँसिएको सखुअवाका स्थानियहरुको भनाई छ । नोकैल्वा गाविसको झिझा खोलमा निर्माण गरिएको सेक्टर बाँध बाढीले बगाएको छ । बाँध बाढीले बगाएपछि यस वर्ष रोपाईको समयमा किसानलाई धेरै समस्या हुने नर्सिङ्ग कृषि सहकारी संस्थाका अध्यक्ष गौरी किशोर यादवले जानकारी दिनुभयो । यसैबीच वर्षाले घर भत्किदा बसंतपुर गाविसमा एक जना घाइते भएको छ । शुक्रवार बिहान अत्याधिक वर्षा हुदाँ घर भत्किदा बसंतपुर–१ का ६० वर्षिय उपेन्द्र राउत घाइते भएका छन् । राउत शुक्रवार बिहान ८ बजेको समयमा गाई दुहने क्रममा अचानक घरको छाना खसेको थियो ।

No comments:
Post a Comment