श्रीकान्त झा । सिरहा । असार ५
यस वर्षको एसएलसी परीक्षामा सिरहामा नियमिततर्फ ३७ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा कार्यालयका अनुसार ३ हजार ३ सय ७२ विद्यार्थी उत्तीर्ण भए । सिरहामा नियमिततर्फ ९ हजार ७० परीक्षामा सामेल थिए । शिक्षा अधिकारी ओमबहादुर कटुवालका अनुसार विशिष्ट श्रेणीमा २ सय ५६, प्रथम श्रेणीमा १ हजार ४ सय ८२, द्वितीय १ हजार ५ सय ६ र तृतीय श्रेणीमा १ सय २८ विद्यार्थी उत्तीर्ण भए । शिक्षा अधिकारी कटुवालले विद्यालयमा आकस्मिक निरीक्षण, नियमित पठनपाठनमा तीव्रताका कारणले यस वर्ष गत वर्षको तुलनामा ७ दशमलव १७ प्रतिशत विद्यार्थी बढी उत्तीर्ण भए । सिरहामा गत वर्ष ३० प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए । गत वर्षको तुलनामा यो उत्तीर्ण दर सन्तोषजनक रहेको उनले बताए । सिरहामा यस वर्ष ७४ सामुदायिक र ४२ संस्थागत विद्यालयका लागि ३८ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको थियो । त्यसैगरी एक्जाम्टेडतर्फ ३ हजार १ सय ३३ जना विद्यार्थी एसएलसी परीक्षामा सामेल थिए । तीमध्ये प्रथम श्रेणीमा १९, द्वितीयमा ४ सय ३४ र तृतीय श्रेणीमा १ सय ३६ जना गरी ५ सय ८९ विद्यार्थी उत्तीर्ण भए । यो पासदर १८ दशमलव ८९ प्रतिशत हो ।
एसएलसीको पुरक परीक्षा आउँदो साउन २० गतेदेखि हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले दुई विषयसम्म अनुत्तीर्ण भएका परीक्षार्थीका लागि साउन २० गतेदेखि २७ गतेसम्म मौका परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ । २०७१ सालमा लिइएको एसएलसी परीक्षाको नतिजा अनुसार नियमिततर्फ ४७ दशमलव ४३ प्रतिशत र आंशिकतर्फ १३ दशमलव ८० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । यसवर्षको परीक्षामा पनि विगतमा जस्तै गणितमा सबैभन्दा बढी त्यसपछि विज्ञान र अंग्रेजीमा बढी अनुत्तीर्ण भएका छन् ।..........

No comments:
Post a Comment