हतियारसहित मधेसी जनअधिकार फोरम नेपालका जिल्ला सदस्य मनोज यादवलाई प्रहरीले महोत्तरीको ईटहर्वाकटिबाट पक्राउ गरेको छ । ईटहर्वाकटि ५ भोल्हीस्थित सडकमा विक्रम यादव र मनोज यादवबीच झगडा भइरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरी र सशस्त्र प्रहरी बल पोखरभिण्डा बिओपीबाट खटिगएको प्रहरी टोलीले मनोज यादवलाई पक्राउ गरेको हो । यादव हतियार सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएकोछ ।झगडा भइरहेको बेला प्रहरीले सुराकीका आधारमा यादवको घरबाट छापामारीगरि मास्टर मास्केट १ नाले बन्दुक १ थान, सो को गोली ३ राउण्ड, १२ बोरको २ नाले बन्दुक १ थान सो को गोली १ राउण्ड, खोका २ राउण्ड, सर्टगनको खोका १ राउण्ड गोली १ राउण्ड र २ थान खुकुरी बरामद गरेको छ । उनीसंगै ईटहर्वाकटि ५ का भजन यादव, हरिनारायण यादव, दामोदर ठाकुर, ललित यादव, रामप्रित ठाकुर, उमेश यादव र लालबाबु यादव सहित आठजनालाई पक्राउ गरेको छ ।पक्राउ परेका मध्ये मधेसी जनअधिकार फोरम महोत्तरीका जिल्ला सदस्य मनोज यादवमाथि प्रहरी प्रतिवेदनको आधारमा हातहतियार र खरखजाना मुद्दा र मनोज सहित ११ जनामाथि ज्यानमार्ने उद्योग दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताए । घटनामा संलग्न अन्य ३ जना खोजविन भइरहेको प्रहरीले जनाएको छ ।
फोरम नेपालका जिल्ला सदस्य यादव हतियार सहित पक्राउ

No comments:
Post a Comment