/ , , , / संविधानका मस्यौदामा आमा वा बाबुका नाममा नागरिकता दिने प्रावधान

संविधानका मस्यौदामा आमा वा बाबुका नाममा नागरिकता दिने प्रावधान

विदेशको नागरिकता लिइसकेका एनआरएनले पनि नेपाली नागरिक
 मधेशएक्सप्रेश सिरहा । असार १४ 
हिजो पारित भएको आगामी संविधान मस्यौदामा बाबु वा आमाको मबाट नागरिकता लिन पाइने व्यवस्था गरिएको । यसअघि बाबुको नामबाट मात्रै नागरिकता पाउने व्यवस्था थियो । नयाँ संविधानले आमा वा बाबुको नामबाट वंशजको आधारमा सन्तानले नागरिकता पाउने भएका छन् । नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बालिग भएपछि आमा वा बाबुको नामबाट वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्नेछ । नेपाली नागरिक आमाबाट जन्म भई नेपालमा नै बसोबास गरेका र बाबुको पहिचान नखुलेको व्यक्तिलाई वंशजको आधारमा नागरिकता दिने मस्यौदामा उल्लेख छ । तर, बाबुको पहिचान भएमा अंगीकृत नागरिकता दिने उल्लेख छ ।
त्यस्तै, नयाँ संविधान जारी भएपछि नेपाली नागरिकसँग विवाह गर्ने विदेशी पुरुषले अंगीकृत नागरिकता पाउने नयाँ व्यवस्था छ । तर त्यसका लागि नेपालमा १५ वर्ष स्थायी बसोबास गरी विदेशको नागरिकता परित्याग गर्ने प्रक्रिया अघि बढाएको हुनुपर्नेछ.  
गैरआवासीय नेपाली नागरिकता भएकासँग राजनीतिक अधिकार अर्थात् भोट खसाउने, उम्मेदवार बन्ने आदि जस्ता अधिकार हुने छैनन्।
सम्बन्धित

​संविधानको मस्यौदाः मुख्यमन्त्रीभन्दा माथि प्रदेश प्रमुख हुने ुभारतीय मोडेलु प्रस्ताव
बन्ने भयो संविधान, मस्यौदा सर्वसम्मतिले पारित, फरक मतसहित सोमबार संविधानसभामा पेश हुने
पहिलोपोस्ट (
काठमाडौँ स् प्रस्तावित संविधानको मस्यौदामा सशर्त दोहोरो नागरिकताको प्रावधान राखिएको छ। यसअघिका संविधानहरुमा वंशज, अंगीकृत र सम्मानार्थ नागरिकताको मात्र व्यवस्था भए पनि यस पटक गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिएको छ। 

संविधानको मस्यौदाको धारा १९ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरेका व्यक्तिले पनि यस्तो नागरिकता पाउने व्यवस्था छ। तर, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० का सात देशभन्दा बाहिरका देशमा बसोबास गरेका नेपाली मूलका व्यक्ति मात्र यस्तो नागरिकताका लागि योग्य हुनेछन्।

गैरआवासीय नेपाली नागरिकता भएकासँग राजनीतिक अधिकार अर्थात् भोट खसाउने, उम्मेदवार बन्ने आदि जस्ता अधिकार हुने छैनन्। 
यद्यपि उनीहरुलाई सम्पति किनबेच गर्ने, विभिन्न कम्पनीहरुमा लगानी गर्ने जस्ता कानुन बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हुनेछन्। 

राजनीतिक अधिकारसहितको नागरिकता प्राप्त गर्न भने पुनः नेपालमा आई पाँच वर्ष बसोबास गरी विदेशी मुलुकको नागरिकता परित्याग गर्नुपर्ने व्यवस्था धारा १६ को नागरिकताको पुनःप्राप्ति शीर्षकमा व्यवस्थागरिएको छ।  

अन्य मुलुकको नागरिकता प्राप्त गरेमा नागरिकता कायम नरहने व्यवस्था धारा १८ ले गरेको छ। यही धाराको उपदफा २ ले नेपाली नागरिकता प्राप्त गर्न योग्यता पुगेको कुनै व्यक्ति अन्य मुलुकको पनि नागरिकता प्राप्त गर्न योग्य रहेछ भने त्यस्तो व्यक्तिले नागरिकता प्रमाणपत्र लिन योग्यता पुगेको दुई वर्षभित्र नेपालको नागरिकता नरोजे त्यस्तो व्यक्ति नेपालको नागरिक नहुने व्यवस्था गरेको छ। 

त्यस्तै नाबालिकको हकमा बालिग भएको मितिले निश्चित अवधिभित्र ९दुई वा पाँच वर्षभित्र भन्नेमा सहमति हुन बाँकी रहेको० नेपालको नागरिकता नरोजे नेपालको नागरिक नहुने व्यवस्था छ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment