राम नारायण पंडित, सिरहा, १3 असार ।
सवै थोक गुमाउनु भन्दा केही लेनदेन गरेरै भएपनि सम्विधान बनाउन सकिने विश्वासका साथ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ र फोरम लोकतान्त्रिका अध्यक्ष विजय गच्छेदारले १६ बुँदे सहमतिमा हस्ताक्षर गरेको एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइका प्रेस सल्लाहाकार रामरिझन यादवले बताए । नेपाल दलित जागरण केन्द्र, गोलबजारले आयोजना गरेको ‘बधुवा कृषि मजदुर (हरुवा चरुवा) न्यूनिकरण जिल्ला स्तरीय अन्तरकृया कार्यक्रममा यादवले बहुमतमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले संघियता, धर्मनिरपेक्षता, समावेसी र सामानुपातिक जस्ता सवाललाई पन्छाएर संविधान निर्माण गर्ने अवस्थामा रहेको हुँदा विचको बाटो अपनाउन १६ बुँदे समझदारी भएको बताए । उनले अहिले संविधानसभा र सडक दुवैतिर हामी कमजोर भएकोले भनि यस्तो अवस्था आएको बताए । मन्तव्यकै क्रममा यादवले वैदेशिक रोजगारीका कारण हरुवा चरुवा प्रथामा निकै कमि आएको भए पनि अझैपनि यस्तो अवस्थाहरु रहेको यादवले बताए । कार्यक्रममा पत्रकार तथा महेन्द्र मोरङ क्याम्पसका सह प्रध्यापक विजय प्रसाद मिश्रले हरुवाचरुवा तथा गरिव दलितहरुको उन्नतिकोलागि आर्थिक उपार्जन, शिक्षा र स्वास्थ्यमा विशेष जोड दिनुपर्ने बताए । सोही क्रममा नेकपा माओवादी मात्रिका समूका केन्द्रिय सदस्य तथा पूर्व सभासद जगत यादवले हामी कसरी र किन हरुवा चरुवा भयौं भन्ने कुरा बुझ्नु जरुरी भएको बताए । नेपाल दलित जागरण केन्द्रका अध्यक्ष शिवकुमार महराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष गोविन्दराज विष्ट, करम लाल महतो, संजय महरा लगाएतले मन्व्य व्यक्त गरेका थिए । कार्यक्रम बारे जानकारी संस्थाका कार्यक्रम संयोजक दिनेसिंह कठाउतले दिएका थिए भने स्वागत तेतर रामले गरेका दिए ।

No comments:
Post a Comment