जिल्ला प्रहरी कार्यालय धनुषाले बसका एकजना परिचालकलाई तीनदिन देखि पक्राउ गरेको बिरोधमा यातायात मजदुरहरुले जनकपुरबाट छुटने सबै बस सेवा बन्द गराएकाछन । जनकपुर–जटही सडक खण्डमा चल्ने ज.१ख ५०१ नम्बरका चालक र परिचालकलाई भाडा सम्बन्धी बिबादमा शुक्रबार केहि मानिसहरुले कुटपिट गरेको आरोप लगाइएकोछ । पक्राउ परेका परिचालक सज्जन झालाई प्रहरीले रिहा गरेको छ ।
परिचालक झालाई आइतबार सांझ रिहा गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जनकपुर अञ्चल समितिले पक्राउ परेका परिचालक झालाई रिहा नगरिए सम्म जनकपुरबाट सञ्चालन हुने सबै रुटका बस र रात्री बस समेत अनिश्चितकालिन बन्द रहने जनाएकोछ । संगठनका अध्यक्ष रामदयाल चौधरीले पक्राउ परेका परिचालकलाई तत्काल रिहा गर्नुपर्ने, चालक र परिचालकलाई कुटपिट गर्नेहरुमाथि मुद्दा चलाउनु पर्ने, प्रहरी उपरिक्षकको निलम्बन, ट्राफिक प्रहरी निरिक्षकको निलम्बन, भिठामोठ–जटही सडकको मर्मतसम्भा गर्नुपर्ने, क्षतिपूर्तीको लागि जिप्रकामा खोलिएको खाता तत्काल संचालन गर्नुपर्ने, २०६३ माघ १८ गतेको सरकार र राष्ट«िय महासंघ बीच भएको सहमति लागू गर्नुपर्ने, घाइते चालकलाई औषधोपचारको व्यवस्था गर्नुपर्ने लगायतको माग गरेका छन ।jankpurtoday
No comments:
Post a Comment