शिवदयाल यादव रेडियो सल्हेश भलुवाही सिरहा ।
जेष्ठ २२ गते । हत्या गरी झुन्ड्इएको अवस्थामा सिरहाको गोलबजार नगरपालिका–६ मा एक युवकको शव फेला परेको छ । स्थानीय रेशवहादुर श्रेष्ठको २२ वर्षीय छोरा विमल श्रेष्ठको हत्या गरी रुखमा झुन्ड्याइएको अवस्थामा आज बिहान फेला परेको हो ।घर नजिकैको धमीनिस्थानमा रहेको रुखमा जिउभरी रगत लत्पतिएको अवस्थामा श्रेष्ठको शव फेला परेको हो । उनको देबेर हातको नाडी काटिएको छ भने घाँटीबाट पनि रगत बगेको देखिएको छ । हत्या भएको स्थान इलाका प्रहरी कार्यालयभन्दा दुईसय मिटर पर मात्र रहेको छ । हत्या भएको स्थानभन्दा सय मिटर वरपर रगत छरिएर रहेको छ ।श्रेष्ठको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लगिएको छ । प्रहरीले घटनाको प्रकृति हेर्दा हत्या जस्तो देखिएपनि थप अनुसन्धान हुन बा“की रहेको बताएको छ ।बजारको सबैÔेत्रमा पुग्नेगरी सिसी क्यामेरा जडान गरिएको भएपनि गोलबजारमा आपराधीक घटना रोकिन छाडेको छैन । यहि साता मात्र सिरहामा तीन जनाको हत्या भएको छ ।
No comments:
Post a Comment