/ , , , , , , , , , , , , , , / अपहरण गरेर लगेको दश दिनपछि बालकको शव भेटियो सोही ,गाउँका दिनेश यावद संलग्न रहेको भन्दै उनको घरमा आगजानी

अपहरण गरेर लगेको दश दिनपछि बालकको शव भेटियो सोही ,गाउँका दिनेश यावद संलग्न रहेको भन्दै उनको घरमा आगजानी

सिरहा, जेठ २२ – अपहरणपछि हत्या गरिएका सुखिपुर गाविसका श्रवणकुमार भण्डारीको हत्यामा संलग्न रहेको भन्दै स्थानीयले सोही गाविसका दिनेश यादवको घरमा आगजनी गरेका छन् । मृतक बालकका आफन्त र पक्षधरहरुले हत्यामा दिनेशको हात रहेको भन्दै उनको घरमा आगजनी गरेका हुन् ।त्यहाँ बिहीबार साँझ तनावपूर्ण छ । आक्रोशित स्थानीयलाई रोक्न प्रहरीले पाँच राउण्ड हवाई फायर र ६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरी सुखिपुरका सशस्त्र प्रहरी निरीक्षक प्रद्युम्न थापाको टाउकोमा चोट लागेको छ । स्थिति अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।अपहरणको १० दिनपछि सिरहाका एक बालक मृत अवस्थामा फेला परेको छ । जेठ ११ गते अपहरणमा परेका सिरहा सुखिपुर–६ दहिपैरीका १० वर्षीय श्रवणकुमार भण्डारीको शव छिमेकी गाविस मोहनपुर कमलपुर–३ मा हत्या गरि गाडिएको अवस्थामा विहीबार भेटिएको हो । बालकको शव मोहनपुर कमलपुरको वैसाखास्थित धान खेतमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।अपहरणकारी समूहले अपहरण गरेको भोलिपल्ट देखि नै फिरौती वापत बालकको परिवारसँग २० लाख रुपैयाँ माग्दै आएका थिए । उनीहरुले मंगलबार फिरौती रकम लिएर सुखिपुर बजारमा आउन बालककी आमालाई फोनमा भनेका थिए । त्यसपछि बालककी आमा प्रहरीलाई लिएर आएको सुइँको पाएका अपरणकारी सम्पर्कमा आउन चाहेनन् । त्यसपछि उनीहरुले फोन गर्दैआएको नम्बर अफ रहँदै आएको छ ।विहीबार बिहान वैसाखाका महिलाहरु शौचालय जाने क्रममा स्याल र कुकुरले मान्छेको शव लुछेको देखेपछि इलाका प्रहरी कार्यालय लबजारमा खबर गरेपछि प्रहरी टोली पुगेर बालकको शव उत्खनन् गरेको जनाएको छ ।शव प्रकृति हेर्दा बायाँ खुट्टा काटिएको र घाँटीमा डोरीले बाँधिएको जस्तो देखिएको इलाका प्रहरी कार्यालग गोलबजारका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौरालले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको भन्दै अपहरणकारीको खोजी जारी रहेको उने बताए ।प्रहरीले अपहरणकारीको लगभग पहिचान भईसकेको हुँदा चाडै पक्राउ पर्ने बताए । स्थानीयका अनुसार आपसी विवादका कारण उनको अपहरणको नाटक गरिएको भएपनि अपहरणकै वेला हत्या गरिएको हुन सक्ने बताएको छ । शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्तालमा राखिएको प्रहरीले जनाएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment