मधेश एक्सप्रेश । सिरहा । असार ९ - संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दलहरुले राहत रकम दुरुपयोग गर्न कै लागि १६ बुँदे सहमति गरेको बताएका छन्।
रफत संचार क्लबमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा यादवले राष्ट्रिय सरकारको कुरा भूकम्पपीडितको नाममा आएको डलर हात पार्नका लागि मात्र भएको आरोप लगाएका हुन्।
भूकम्प पिडितको नाममा आएको राहत दुरुपयोग हुन थालेको भन्दै छानबिनका लागि न्यायिक कमिटी गठन गर्नुपर्ने उनको माग छ। उनले दातृनिकायले भुकम्पपीडितका नाममा पठाएको अर्बांै रकम हिनामिनाको छानबिन नहुने हो भन कसैले सरकालाई विश्वास नगर्ने बताए।
उनले मन्त्री र सरकारमै भएकाहरुले राहतमा गरेको घोटला र माग्ने प्रवृति बढेकाले विश्व समुदायले विश्वास गर्न नसकेको बताए। उनले विपद्को फाइदा उठाउँदै प्रमुख दलहरुले प्रतिगामी संविधान जारी गर्न लागेको आरोप लगाए।
संविधान जारी गर्न कोही बाधक नभएको बताउँदै उनले मधेश आन्दोलनका समयमा गरिएका सहमतिलाई लत्याउँदै संविधान जारी गरिए भोलिपल्टै जल्ने उनको भनाई थियो। संविधान निर्माणमा बेवास्था गरे विरोधका लागि संविधानसभा हुँदै सडकमा समेत उत्रन बाध्य हुने उनको भनाई छ।
पछिल्लो समयमा चार दलले न्यायपालिकाकोे आदेश उपहास गर्दै लोकतन्त्रको खिल्ली उडाएको यादवले बताए। सुशिल कोईरालाले संविधान जारी नभए सम्म सरकार नछाड्ने अवस्था आएपछि जसतसो झारा टार्न संविधान जारी गर्दै सरकारको ढोका खोल्न दलहरुलाई हतारो भएको यादवको टिप्पणी थियो।
अर्को प्रसंगमा लिपुलेकबारे जसरी राजनीतिक दलहरुको अभिव्यक्तिले छमेकीहरुसँगको सम्बन्ध विग्रन सक्ने भन्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहेका यादवले सरकारले स्पष्ट धारणा राख्नु पर्ने बताए। उनले भने, ुसरकार र कुटनीतिक पक्षको कमजोरी देखिएकाले तत्काल लिपूलेक बारे नेपालीलाई जानकारी दिनुपर्छ।ु

No comments:
Post a Comment