/ , , / आज ठूलो पानी पर्ने सम्भावना , वादल लाग्दै

आज ठूलो पानी पर्ने सम्भावना , वादल लाग्दै

श्रीकान्त झा । सिरहा । असार १० - आज (विहिवार ) मौसम बदली भई अधिकांस भागमा पानी परेको छ भने कतै वादल ढाकेको देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाण्डु उपत्यका लगायत विभिन्न क्षेत्रमा पानी परिरहेको छ भने सिरहा जिल्ला आसपासमा कालो वादलले ढाकेको छ ।  दिउँसोदेखि सूदूरपश्चिम हुँदै मध्यपश्चिमसम्म भीषण वर्षा हुने अनुमान गरेको छ । अरब सागरमा केही दिनअघि विकास भएको न्युन चापीय क्षेत्र सँगै केन्द्रिकृत बनेको पानी पार्ने बादल उत्तरपूर्वी भाग हुँदै भारतको गुजरातसहित अन्य विभिन्न स्थान प्रवेश गरेपछि त्यसको असर नेपालको पश्चिमी भागमा पर्ने संकेत देखिएको हो । मौसमविद् शान्ति कँडेलले भारतको गुजरातमा ठूलो पानी परेको र त्यो साँझसम्म नेपाल प्रवेश गर्ने बताउनुभयो । महाशाखाले सूदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, दार्चुला, बैतडी, बझाङ, डोटी हुँदै सुर्खेत, बर्दिया र बाँकेसम्मै भारी वर्षा हुने सक्ने अनुमान गरेको छ । भीषण वर्षाको संकेत देखिएकाले सतर्कता अपनाउन महाशाखाले गृह मन्त्रालयलगायत सम्वद्ध निकायको ध्यानाकर्षण गराइसकेको छ । पश्चिमी भागमा भीषण वर्षाको संकेतसंगै जल तथा मौसम विज्ञान विभागले बाढी आउन सक्ने भन्दै उक्त क्षेत्रको नदीको बहाब र पानीको मात्रा अनुगमन गर्न प्राविधिक परिचालन गरेको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment