मधेशएक्सप्रेश । रन्जन भण्डारी । जलेश्वर, असार ९ – महोत्तरीको इटहर्वाकट्टी–५ बाट मंगलवार राती हतियारसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले स्थानीय मनोज मण्डलको घर खान तलासी गर्दा १२ बोरको बन्दुक २ थान, ३।५ एमएम खोका ३ थान, सटगनको खोका २ थान, जिउँदो गोली १ थान र खुकुरी २ बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घरको आगनमा पिसाव फेरेको निहुँमा सोही ठाउँ निवासी रामपृत यादवको छोरा अन्दाजी वर्ष २२ का विक्रम यादवलाई घरमुली मनोज यादवलगायतका अन्यले कुटपिट गरि सख्त घाइते बनाएपछि घटनास्थल पुगेको प्रहरीले मनोजको घरमा खानतलासी गरेको थियो । कुटपिटमा संलग्न सोही स्थान बस्ने भजन यादव, हरि नारायण यादव, दामोदर ठाकुर, ललित यादव, रामवृक्ष ठाकुर,उमेश यादव र लालवावु यादवलाई प्रहरी पक्राउ गरेको छ ।
हतियार र कुटपिटको संलग्न सबैलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शौरभ राणाले जनाएका छन । कुटपिटबाट घाईते बिक्रम यादवको अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको राणाले जानकारी दिए ।

No comments:
Post a Comment