भारतले तत्काल १० हजार करोड सहयोग गर्ने
अमेरिकाले २३० मिलियन डलर सहयोग गर्ने
चीनले करिब ७७ अर्ब रुपैयाँ सहयोग गर्ने
मधेशएक्सप्रेश । काठमाडौं, असार १० ( अहिले सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले भिडियो मार्फत सम्बोधन गरिरहेका छन् ।
।।।एशियाली विकास बैंकका अध्यक्ष ताकेहिको नाकाओले सम्बोधन गरिरहेका छन् । यो दुस्खद घटनाका कारण राजनीतिक अस्थरता निम्तिन नहुने उनले बताए । बैंकले ६० अर्ब नेपाली रुपैयाँ ऋण सहयोग गर्ने घोषणा गरेको छ।एशियाली विकास बैंकले ६० अर्ब नेपाली रुपैयाँ ऋण सहयोग गर्ने घोषणा गरेको छ। एशियाली विकास बैंकले ६० अर्ब नेपाली रुपैयाँ ऋण सहयोग गर्ने घोषणा गरेको छ।
।।।अहिले सम्मेलनमा अमेरिकी राजदूत पिटर बोडे बोलिरहेका छन् । उनले अमेरिकी विदेशमन्त्री जोन केरीको सन्देश सुनाइरहेका छन् । उनले नेपाललाई २ सय ३० मिलियन अमेरिकी डलर सहयोग गर्ने बताएका छन् । उनले भने, ुयो सुरुवाती रकम मात्रै हो । यसपछि पनि हामी नेपाललाई आवश्यक सहयोग गरिरहने छौँ ।ु
उनले अमेरिकनहरु सधैँ नेपालीहरुको साथमा रहेको बताए ।
।।।
अहिले सम्मेलनमा श्रीलंकाका मन्त्री बोलिरहेका छन् । उनले नेपालको लागि सद्भाव राख्ने बताए ।
।।।
नर्वेका विदेशमन्त्री बोलेपछि बंगलादेशका मन्त्रीले बोलेका छन् । उनीपछि भुटानी मन्त्री बोलिरहेका छन् ।भुटानका मन्त्रीले नेपाललाई राजाले दिएको शुभकामना सन्देश सुनाएका छन् । उनले अरु देशले पनि नेपाललाई सहयोग गर्न आग्रह गरेका छन् ।
।।।
नर्वेका विदेशमन्त्री वर्ग ब्रेन्डे बोल्न थालेका छन् । उनले विद्यालयको लागि नेपाललाई ८० मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिवद्धता जनाए।
।।।
अहिले सम्मेलनमा जापानका विदेश राज्यमन्त्री मिनोरु कियुची बोलिरहेका छन् । जापानले बालबालिका र शिक्षाको लागि नेपाललाई दुईसय ६० मिलियन अमेरिकी डलर बराबरको सहयोग गर्ने बताएका छन् । उनले हाउजिङको लागि आवश्यक सहयोग गर्ने बताए । यसैगरी जापानले सामुदायिक पूर्वाधारमा पनि सहयोग गर्ने उनले बताए ।
उनले नेपाललाई जापानले सक्दो सहयोग गर्ने बताउँदै चार दलबीच भएको सहमितको पनि प्रशंसा गरेका छन् । उनले आवश्यक परे अर्को सम्मेलन पनि गर्न तयार रहेको बताए । उनले भने, ुनेपालमा अब संविधान बन्नेमा हामी आशावादी भएका छौँ ।ु
।।।
भारतीय विदेशमन्त्रीले सम्मेलनमा बोलिसकेपछि चिनियाँ विदेशमन्त्री वाङ यीले सम्बोधन गरिरहेका छन् । उनले नेपालको पुनर्निर्माणमा सहयोग गर्न तयार रहेको बताएका छन् ।
उनले चीन र नेपाल राम्रो छिमेकी र मित्र भएको बताउँदै यीले नेपालमा अहिले भएको क्षतिलाई अवसरको रुपमा लिनुपर्ने बताए । उनले भूकम्पपछि तत्काल गरेको सहयोग छिमेकी र मित्रको नाताले गरेको बताए । उनले चीन व्यापार, कृषि विकास लगायतका क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए ।
उनले सन् २०१५ देखि २०१८ सम्म प्याकेज बनाएर करिव पाँच अर्ब रुपैयाँ सहयोग गर्ने बताए । उनले नेपालको भूकम्पले अतिप्रभावित पाँच ठाउँमा विशेष सहयोग गर्ने बताए । उनले भने, ुयो वर्ष करिव ७७ अर्ब रुपैेयाँ सहयोग गर्छौँ । ु
।।।
अब सम्मेलनमा विदेशी प्रतिनिधिहरुको बोल्ने क्रम सुरु भएको छ । भारतीय विदेशमन्त्री सुश्मा स्वराज सम्मेलनलाई सम्बोधन गरिरहेकी छिन् । उनले भारतले नेपाललाई सहयोग गर्ने कुनै कसुर नराख्ने बताएकी छिन् ।
उनले दुस्ख व्यक्त गर्दै कुनैपनि चुनौतीलाई अवसरको रुपमा सदुपयोग गर्दै अगाडि बढ्नुपर्ने बताइन् । उनले भनिन्, ुनेपाललाई सहयोग गर्न तयार छौँ। हामी काँधमा काँध मिलाएर अघि बढ्न तयार छौँ ।ु
विदेशमन्त्री स्वराजले भारत–नेपाल सम्बन्धलाई ‘रोटी–बेटी’ का रुपमा प्रस्तुत गर्दै उनले महाविपत्तिमा परेको नेपाललाई दुई खर्ब सहुलियतपूर्ण ऋण र एक खर्ब अनुदान सहायता प्रदान गरिने घोषणा गरिन् ।
।।।
सम्मेलनमा सरकारले गर्न लागेको विकासको मोडलमा सहयोग र सुझाव नेपालले चाहेको मन्त्री महतले बताएका छन् । उनले अहिलेको नेपालको अवस्था र बजेटबारे दाताहरुलाई जानकारी गराएका छन् ।
आन्तरिक ऋण लिनसक्ने क्षमता नाघेकोले आर्थिक ग्यापसँग जुध्न अन्तर्राष्ट्रिय सहयोग चाहिएको मन्त्री महतले बताएका छन् ।
अहिले अर्थमन्त्री रामशरण महत बोल्दै छन् ।
।।।पाण्डेले सम्बोधन सकेपछि प्रधानमन्त्री कोइरालाले सम्मेलनलाई सम्बोधन गरिरहेका छन् ।प्रधानमन्त्रीले भूकम्पपछि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले नेपाललाई सबै मिलेर बनाउन लागेको बताए । नेपालको विदेश नीति पन्चशीलमा आधारित भएकोले सबैसँग उत्तिकै घनिष्ट सम्बन्ध रहने उनले बताएका छन् । प्रधानमन्त्रीले भने, ुहामी सबै मिलेर नेपाललाई पहिलेको भन्दा राम्रो अवस्थामा ल्याउँछौँ।ु
अहिले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सम्मेलनलाई सम्बोधन गरिरहेका छन् ।
।।।
पुनर्निर्माणका लागि सहयोग जुटाउन सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय दाता सम्मेलन सुरु भएको छ । बिहीबार राजधानीको सोल्टी होटलमा नेपालको राष्ट्रिय गीत बजाएर सम्मेलन सुरु भएको हो । राष्ट्रिय गीतपछि भूकम्पमा ज्यान गुमाउनेहरुप्रति श्रद्धान्जलिस्वरुप एक मिनेट मौन धारण गरिएको छ ।
सम्मेलनमा नेपालका सबै दलका शीर्ष नेताहरुको उपस्थिति रहेको छ । सम्मेलनको अध्यक्षता प्रधानमन्त्री सुशील कोइरालाले गरेका छन् । सम्मेलनमा भूकम्पबाट भएको क्षतिसम्बन्धी विवरण समेटिएको वृत्तचित्र अहिले प्रस्तुत भइरहेको छ ।सम्मेलनमा छिमेकी मुलुक चीन र भारतसहित विभिन्न देशका मन्त्री तथा प्रतिनिधिहरु उपस्थित छन् ।
ekantipur.com

No comments:
Post a Comment