मधेशएक्सप्रेश । सिरहा । असार १० ( जनकपुर बमकाण्डका आरोपी निलम्बित सभासद सञ्जय साहको बुधबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । महान्यायाधिवक्ताको कार्यालयले सुनुवाइ सार्ने निर्णय गरेकाले इजलास लाग्न नसकेको सर्वोच्च अदालतले जनाएको छ ।
२०६८ वैशाखमा पाँच जनाको ज्यान जाने गरी भएको विस्फोटमा साहको योजना र निर्देशन रहेको सुराकी पाएपछि प्रहरीले गत वर्ष उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । प्रारम्भिक चरणमै प्राप्त सूचना र तथ्यहरूले उनी दोषी देखिएपछि सरकारले कर्तव्य ज्यानको अभियोगमा सर्वस्वसहित जन्मकैद हुनुपर्ने मागदाबीसहित जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको थियो ।
त्यसको पुर्पक्षका लागि भएको सुनुवाइमा उनलाई अदालतले थुनामा राख्ने आदेश दिएको थियो । तीन वर्षभन्दा बढी जेल सजाय मागदाबी भएको कसुरमा थुनामै राखेर मुद्दाको छिनोफानो गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसविरुद्ध सर्वोच्चमा गएका उनको निवेदनमाथि न्यायाधीशहरू गोपालप्रसाद पराजुली र जगदीश शर्मा पौडेलको इजलासमा बुधबारको पेसी तोकिएको थियो । यसअघि असार २ गतेको पेसीमा न्यायाधीशद्वय दीपकराज जोशी र पौडेलको इजलासले सुनुवाइ गरेर मिसिल झिकाउने आदेश गरेको थियो ।

No comments:
Post a Comment