काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी क्षेत्रमा शुक्रबार दिउँसो र राती भारी वर्षा हुने सम्भावना औंल्याउदै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।'आज दिउँसो र राती त्यस क्षेत्रमा भारी वर्षाको सम्भावना छ। त्यसैले हामीले सर्वसाधारणलाई सचेत हुन आग्रह गरेका हौं', महाशाखाका मौसमविद् समीर श्रेष्ठले शुक्रबार दिउँसो नागरिकन्युसँग भने।त्रिभुवन विमानस्थलस्थित महाशाखाले आफ्नो वेवसाइटमार्फत् पनि पूर्वका सर्वसाधारकणलाई सचेत हुन आग्रह गरेको छ। यस वर्षको मौसम चार दिन ढिलो गत जेठ ३० गते कमजोर अवस्थामा नेपाल प्रवेश गरेको थियो।मौसमविद् श्रेष्ठका पूर्वी जिल्लाका केही स्थानमा भारी वर्षाको सम्भावना छ। यसले गर्दा पहिरो जाने जोखिम त्यत्तिकै छ। 'पानी पर्ने र पूर्वबाट जलवाष्फयुक्त हावा आउने क्रम बढ्दै गएकाले भारी वर्षाको अनुमान गरेका हौं। त्यसले पहिरो जाने सम्भावना पनि बढन सक्छ', उनले भने। मौसम मापन केन्द्र भएका स्थानमा त्यत्ति पानी नपरेको भएपनि अन्यत्र धेरै वर्षा भइरहेको भूउपग्रहबाट प्राप्त भइरहेका तस्बिरले पुष्टि गरेको जानकारी श्रेष्ठले दिए।उनले त्यस क्षेत्रमा मनसुन पूर्णरुपले सक्रिय भएको छ। पूर्वका सबै स्थानमा वर्षा भए पनि केही स्थानमा भारी वर्षा हुन सक्छ। 'बंगलको खाडीबाट आएको मौसम प्रणालीको एक हिस्सा पश्चिमतर्फ (मध्य नेपाल) सरिरहेको छ। यसले मध्य नेपालका पहाडी र तराई जिल्लामा पनि त्यत्तिकै पानी पार्ने सम्भावना छ . . To:t} महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार बिहान ८ बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव दुई लाख २५ हजार तीन सय क्युसेक पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अभिनारायण काफ्लेले महाकाली नदीमा पानीको बहाव बढिरहेको बताए। दुई दिनदेखि भइरहेको वर्षाका कारण महाकाली नदीमा बाढी आउन थालेपछि दार्चुलाको अपी नगरपालिका–११ बङ्गाबगडमा रहेको कैलाशपति निमावि आगामी आइतबारदेखि मङ्गलबारसम्म तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । त्यसैगरी कञ्चनपुरको मध्यभागमा पर्ने दोदा नदीले शङ्करपुर गाविस–७ मा कटान थालेको प्रहरीले जनाएको छ। दोदाले हालसम्म छ जनाको खेत कटान गरेको खबर आएको प्रवक्ता काफ्लेले बताए। त्यसैगरी महाकाली पारीको दोधारा चाँदनी नगरपालिका–१० मा पर्ने महाकाली नदी र जोगबुढा नदीको मिलन हुने क्षेत्रमा पनि डुबान पर्ने सम्भावना रहेको उनले बताए । “दुई नदीको मिलनविन्दुको वरपरको बस्तीमा डुबान पर्ने खतरा रहेको छ ।” काफ्लेले भने, “अन्यत्र अवस्था सामान्य छ ।” वर्षा नरोकिएकाले बाढीको खतरा पनि बढ्दै जाने उनको भनाइ छ । वर्षा नरोकिएकाले महाकालीमा पानीको बहाव अझै बढ्ने सङ्केत देखिएको छ । रासस
Home /
English News
,
स्थानिय (lokal news)
/
पूर्वमा भारी वर्षाको अनुमान, महाकालीमा पानीको बहाव दुई लाख २५ हजार क्युसेक पुग्यो , सर्वसाधारणलाई सचेत हुन आग्रह ,
No comments:
Post a Comment