मधेशएक्सप्रेश सम्वाददाता । सिरहा
स्वतन्त्र मधेशको अभियानता सिके राउतलाई थुनने र वाहीर गर्ने कम्म प्रहरीले जारी राखेका छन् । गत वर्षदेखि स्वतन्त्र मधेशको माग गर्दै हिँडेका सिके राउत ९ महिनाको अवधिमा १० पटक पक्राउ परेका छन् । राज्य विप्लवको अभियोगमा प्रहरीले पटक–पटक पक्राउ गर्दै छाड्दै गरेका राउत गएको भदौदेखि ९ महिनासम्म देशका विभिन्न स्थानबाट १० पटक पक्राउ परेका हुन् ।
हेर्नुहोस भिडियोः
सिरहाको लहानक स्थित असपताल चौकवाट यसरी समातिए सिके राउत ।
स्वतन्त्र मधेशको अभियानता सिके राउतलाई थुनने र वाहीर गर्ने कम्म प्रहरीले जारी राखेका छन् ।
गत वर्षदेखि स्वतन्त्र मधेशको माग गर्दै हिँडेका सिके राउत ९ महिनाको अवधिमा १० पटक पक्राउ परेका छन् । राज्य विप्लवको अभियोगमा प्रहरीले पटक–पटक पक्राउ गर्दै छाड्दै गरेका राउत गएको भदौदेखि ९ महिनासम्म देशका विभिन्न स्थानबाट १० पटक पक्राउ परेका हुन् ।विस २०७१ भदौ २८ गते जिल्ला प्रहरी कार्यालय मोरङले राष्ट्रिय अखण्डता विरोधी गतिविधिमा संलग्न रहेको भन्दै पक्राउको श्रंखला शुरु भएको थियो । मोरंगको रंगेली नजिक आमतोलामा आदिवासी संथालहरूको सांस्कृतिक छातामेलालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गरेर फर्किने बेलामा राती ७ः३० बजे बाटोबाटै उनलाई पक्राउ गरिएको हो ।त्यसैगरी भाद्र ३१ गते, मंगलबार जिप्रका मोरंगमा बयान दिएका राउतलाई असोज २ गते बिहीबार काठमाडौंमा ल्याएर विशेष अदालतमा उपस्थित गराइयो ।
त्यसपछि असोज ३ गते सर्वोच्व अदालतमा उपस्थित गराइएका उनले असोज पाँच गते यातना दिएको भन्दै आमरण अनशन शुरु गरे । असोज १५ गते सरकारसँगको वार्तापछि उनले अनसन तोडेका उनलाई असोज २२ गते विशेष अदालतमा राज्यविप्लवको मुद्दा दायर गरियो ।असोज २८ गते विशेष अदादतले ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएपनि राउतले धरौटी दिन अस्विकार गरेपछि डिल्लीबजार जेल चलान गरियो । मंसिर ८ गते उनी धरौटीमा रिहा भए । त्यसपछि मंसिर १० गते काठमाडौंमा आमसभा गर्ने कार्यक्रममा उनलाई दोस्रोपटक पक्राउ गरियो । १२ गते उनी फेरी रिहा भए । तेस्रोपटक महोत्तरीको जलेश्वरमा आमसभा गर्ने क्रममा पुस १३ गते उनी फेरी पक्राउ परे । त्यसको भोलिपल्टै फेरी उनी जलेश्वरमै पक्राउ परे ।पुस १९ गते विराटनगरमा कार्यक्रम गर्ने क्रममा पक्राउ परेका उनलाई फेरी छैठौँपटक विरगंजमा पक्राउ गरियो । सातौँपटक उनी सप्तरीको पडेमाराबाट विराटनगर जाने क्रममा पक्राउ परे । राउतलाई प्रहरीले आठौंपटक झापाको राजगठमा चैत्र २१ गते पक्राउ ग¥यो । त्यसपछि गएको जेठ १२ गते सुनसरीको इटहरीबाट उनलाई एरिना टेलिभिजनमा अन्तरवार्ता दिन जाने क्रममा पक्राउ गरियो । पछिल्लो पटक दाता सम्मेलनको मुखैमा त्यसका परिणामबारे प्रश्न उठाउन खोजेका राउतलाई दशौँपटक बुधबार दिउँसो प्रहरीले सिरहाको लहानबाट पक्राउ गरेको हो ।
No comments:
Post a Comment