/ , , , , / समयमा ध्यान नदिँदा आँखामा मोतियाबिन्दुको समस्या बढ्दै ,करिब ७५ प्रतिशतमा आँखाको मोतियाबिन्दुको प्रभाव

समयमा ध्यान नदिँदा आँखामा मोतियाबिन्दुको समस्या बढ्दै ,करिब ७५ प्रतिशतमा आँखाको मोतियाबिन्दुको प्रभाव

मधेशएकसप्रेश सम्वाददाता सिरहा । अस्वस्थ्यकर खानपान र आँखाको सुरक्षामा ध्यान नदिँदा सिरहा र सप्तरीलगायतका जिल्लामा आँखाको मोतियाबिन्दुको समस्या बढ्दै गएको छ ।

अस्वस्थ्यकर खानपान र आँखाको सुरक्षाबारे जनचेतनाको अभावमा दिनप्रति दिन स्थानीयको आँखामा मोतियाबिन्दुको प्रकोप बढ्दै गएको छ । यसबाहेक आँखा चिलाउने, आँखा पाक्ने र एलर्जीका आँखा दुख्ने जस्ता आँखाका बिरामीसमेत ह्बातै बढेको छ ।

लहानमा रहेको चौधरी आँखा अस्पतालमा दिनानुदिन आँखाका बिरामीको चाप बढ्दै गएको छ । आँखा अस्पतालका प्रमुख डा लिलाराज पुरीका अनुसार अचेल दैनिक ३०० देखि ५०० सम्म बिरामी आँखा जाँच तथा औषधि उपचारका लागि आउने गरेका छन् ।

अस्वस्थ्य खानपान र आँखाको सुरक्षामा समयमै ध्यान नदिँदा आँखाका बिरामी बढ्दै गएको आँखा अस्पतालका चिकित्सक रामानन्द विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार आँखा उपचारका लागि आउने अधिकांश बिरामीमा मोतियाबिन्दुको समस्या देखिने गरेको छ ।

अस्पतालमा उपचारका लागि आउने १०० बिरामीमध्ये करिब ७५ प्रतिशतमा आँखाको मोतियाबिन्दुको प्रभाव देखिने गरेको उहाँको कथन छ ।

खानपानमा ध्यान नदिने, आँखा नियमितरुपमा सफा नगर्ने र आँखाको सुरक्षामा ध्यान नदिने जस्ता कारणले आँखामा मोतियाबिन्दुको समस्या बढ्दै गएको बताउँदै चिकित्सक विश्वकर्माले आँखामा मोतियाबिन्दु भएका बिरामीले समयमै उपचार नगराउँदा आँखाको ज्योति गुम्ने खतरा बढी हुने गरेको उल्लेख गर्नु भयो । सन् २०१४ मा मात्र तीन लाख आँखाका बिरामीको उपचार गरेको र त्यसमध्ये ६० हजार बिरामीको आँखाको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । रासस 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment