/ , , / सिरहा र सप्तरीका ३७ वटा सहकारी संस्थाको दर्ता खारेज

सिरहा र सप्तरीका ३७ वटा सहकारी संस्थाको दर्ता खारेज

मधेशएक्सप्रेश सिरहा लहान । असार १० । सहकारी डिभिजन कार्यालय लहानले लामो समयसम्म कुनै कारोबार नगर्ने सिरहा र सप्तरीका तीन दर्जनभन्दा बढी सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।

दर्ता भएको १० वर्षभन्दा बढी समयसम्म पनि कुनै कारोबार नगरेको भन्दै सहकारी डिभिजन कार्यालय लहानले सिरहाका १९ वटा र सप्तरीको १८ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको हो ।

दर्ता गराएर पनि लामो समयसम्म कुनै कारोबार नदेखाएकाले ती सहकारी संस्थाको दर्ता खारेज गरिएको सहायक सहकारी निरीक्षक फणिन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।

यसअघि गत वर्ष पनि सहकारी डिभिजन कार्यालय लहानले सिरहाको छ वटा र सप्तरीको १२ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको थियो ।
कार्यालयका अनुसार सिरहामा ६३१ वटा र सप्तरीमा ५९१ वटा सहकारी संस्थाको दर्ता छ । सहकारी डिभिजन कार्यालय लहानले सिरहा र सप्तरीलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ । रासस 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment