/ , , , / केयु एमबिबिएस तेस्रो तहको नतिजा प्रकाशित, उत्तीर्ण दर न्यून (नतिजासहित) ,

केयु एमबिबिएस तेस्रो तहको नतिजा प्रकाशित, उत्तीर्ण दर न्यून (नतिजासहित) ,

 नोवेलबाट १५० ले परीक्षा दिएकामा मात्रै २२ जना सफल


मधेशएक्सप्रेश । सिरहा । असार १० – काठमाडौं विश्वविद्यालय ९केयु०ले एमबिबिएस तेस्रो वर्षको नतिजा प्रकाशित गरेको छ । गत मार्च महिनामा सञ्चालित परीक्षाको परीक्षाफल केयुले बुधबार बेलुका प्रकाशित गरेको हो ।
प्रकाशित परीक्षाफल अनुसार उत्तीर्ण दर अत्यन्त न्यून छ । १०४० जनाले परीक्षा दिएकामा केबल ४८७ अर्थात् ४६।८२ प्रतिशत विद्यार्थी मात्र परीक्षामा उत्तीर्ण हुन सफल भए ।
परीक्षामा नोवल कलेजबाट परीक्षा दिएका धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन् । उसले केवल १४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण गराउन सकेको छ । नोबेलबाट १५० विद्यार्थी परीक्षामा सहभागी भएकामा केबल २२ जना मात्रै सफल हुन सके  ।
परीक्षामा मनिपाल कलेज र केयु एसएमएस कलेजका धेरै विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएका छन् । मनिपालबाट १३० जनाले परीक्षा दिएकामा १०८ जना उत्तीर्ण भएका छन् भने केयु एसएमएस कलेज ६० जनामा ४८ जना उत्तीर्ण गराउन सफल भयो ।
सिओएमसी कलेजबाट १५० विद्यार्थी सहभागी भएकामा ६७ जना मात्र उत्तीर्ण भएका छन् । एमएमसी जोरपाटीको उत्तीर्ण संख्या पनि कम छ । यसबाट १५० विद्यार्थी सहभागी भएकामा ४९ जनाले मात्र परीक्षा उत्तीर्ण गर्न सके ।नेपालगञ्ज कलेजबाट १५० विद्यार्थी सहभागी भएकामा ६३ जना मात्रै उत्तीर्ण भएका छन् । लुम्बिनी कलेजबाट भने १०० जना विद्यार्थीले परीक्षा दिएकामा ३२ जना उत्तीर्ण भए । केएमसी कलेजबाट सहभागी १५० विद्यार्थीमा ९८ जना सफल भएका छन् ।








about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment