महोत्तरी, बैशाख २५ गते ।
दाइजोको मोटरसाइकल माइतबाट नल्याएको भन्दै महोत्तरीको बर्दिवासको वर्डा नम्बर १ की एक महिलालाई चरम यातना उनको श्रीमानले दिएको समाचार बाहिर ल्याउने महोत्तरीका पुलेसो सहकर्मी राजकरण महतोलाई पीडकले धम्की दिएका छन् । शुक्रबार दिउँसो यसै घटनाको बारेमा इलाका प्रहरी कार्यालय बर्दिवासमा बुझन गएको बेला आफनी श्रीमतिलाई यातना दिएको आरोपमा पक्राउ परेका बर्दिवास १ का ३८ बर्षीय लक्ष्मि नारायण यादवले महतोलाई धम्की दिएका हुन् ।पीडक यादवले आफ्नी २६ बर्षीया श्रीमति शुशिला यादवलाई दाइजोमा मोटरसाइकल र जग्गा नल्याएको भन्दै पिसाब पिलाएको घटना प्रहरीमा गएपछि पीडक भनिएका लक्ष्मि नारायणलाई पक्राउ गरेको थियो । बुधबार करेन्ट लगाउने प्रयास र एसीड प्रहार गर्न खोज्दा आफुले भागेर ज्यान बचाएको पीडित महिलाले बताएकी छिन् ।पक्राउ परेका लक्ष्मि नारायणले पत्रकार महतोलाई समाचार किन लेखेको भन्दै मलाई थुनुवा बाट निस्किनदे तँलाई देखाइ दिन्छु । म तँलाई पत्रकारीता सीकाउँछु । म पनि समाज सेवा गर्दै आएको छु भन्दै थुनुवा कक्षबाटै धम्की दिएका हुन् ।तर पत्रकार महतोले पीडक र पीडित दुवै पक्षको कुरा समेटेर समाचार सम्प्रेशन गरेको थियो । यसै बीच नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले पत्रकार महतोमाथि भएको दुव्र्यव्यहारलाई घोरभर्सना गरेको छ । महोत्तरी शाखाका अध्यक्ष इश्वरी काफ्लेले एक प्रेश विज्ञप्ती जारी गरेर स्वतन्त्र प्रेसमाथि हस्तक्षेप भएको भन्दै घटनाको छानविन हुनु पर्ने माग गरेका छन् । यता महोत्तरीमा प्रहरी उपरिक्षक सौरभ सिंह राणाले पत्रकारलाई धम्की दिनेलाई कानुनी कारवही हुने विश्वास दिलाएका छन् ।

No comments:
Post a Comment