राम नारायण पंडित, सिरहा, २५ बैशाख -
सिरहाको चोहर्बामा भारतीय स्कारपियोको ठक्करबाट एक साइकल यात्रुको मृत्यु भएको छ । पुर्बपश्चिम लोकमार्ग अन्तर्गत गोलबजार नगरपालिका ७ पुरानो चौक चोहर्बामा पश्चिमबाट पर्बतर्पम जाँदै गरेको बीआर ३२ के ६०५४ नम्बरको भारतीय स्कारपियोले सोहि दिशाबाट आउँदै गरेको साइकल यात्रुलाई शुक्रबार बिहान ठक्कर दिँदा निजको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक संतोष निरौलाले जानकारी दिए । मृत्यु हुनेमा गोलबजार ११ बलकबा बस्ने अन्दाजी २९ बर्षीय लाल बाबु लहेरी रहेको प्रहरीले जनाएको छ । स्कारपियो र साइकल एउटै दिशाबाट आईरहेको समयमा साइकलको पछाडीमा सबार रहेको लहेरी साइकलबाट ओर्लिदा पछाडीबाट आएको स्कारपियोले निजलाई ठक्कर दिएको थियो । स्कारपियोको ठक्करबाट गम्भिर घाइते भएका लहेरीको उपचारको क्रम्मा लहानमा मृत्यु भएको प्रहरीले जनाएको हो । यता, ठक्कर दिने स्कारपियो र चालक भारत मझ्प्mरपुर बस्ने २५ बर्षीय अबधेश यादब प्रहरीको नियन्त्रणमा रहेको निरिक्षक निरौलाले बताए ।
No comments:
Post a Comment