/ , / सिरहामा अबैद्य कारोबारको आरोपमा भारतीय नागरिकसहित दर्जनबढी पक्राउ

सिरहामा अबैद्य कारोबारको आरोपमा भारतीय नागरिकसहित दर्जनबढी पक्राउ

श्रीकान्त झा । सिरहा , २३ बैशाख । 
 ईलाका प्रहरी कार्यालय लहानले दूईभित्र चोरी, लागु औषध, काठलगायतको अवैद्य कारोबारीलाई नियन्त्रणमा लिई कारवाही गरेको छ ।        ईलाका प्रहरी कार्यालय लहानले बैशाख २१ गते लहान ८ स्थित २ नं.रोडमा तोकिएको भन्दाबढी पटके सवारी कर संकलन गर्ने ठेक्दारहरुलाई पक्राउ कारवाही गरेका छन् । पक्राउ परेकाहरु ब्रहमानगोल्छारी नं.९ हाल लहान २० बस्ने वर्ष २४ को फुल्गेन महतो, लहान ४ बस्ने ज्योतीलाल महतोका छोरा वर्ष १७ को धिरज महतो, रहेका छन् । यसैगरी, ब्रहमानगोल्छारी ३ हाल लहान २० बस्ने सत्रुधन यादवका छोरा वर्ष ३० का कासिन्द्र कुमार यादव, लहान ११ बस्ने विश्वनाथ यादवका छोरा वर्ष २२ का मिथलेश साह समेतलाई तोकिएको मापदण्ड भन्दाबढी रकम असुल गरिएको रसिदसहित पक्राउ गरी आवश्यक कारवाही गरिएको छ । यसैगरी, बैशाख २१ गते लहान १५ स्थित रहेको श्री राजदेवी माताको मन्दिरमा लागेको मेलामा पुजा गर्न आएका भक्तजनहरुले लगाएको सुन चाँदीसहितको गर गहनाहरु चोरी गरेको आरोपमा भारतीय नागरिकलाई पक्राउ गरेका छन् । भक्तजनहरुको गुनासोको आधारमा चोरहरु देश भारत जिल्ला भधुवनी बस्ने कनवारु मलाहका श्रीमती वर्ष ६० की सुनिता मलाह, जयनगर बस्ने गुर्दिन चमारका श्रीमती वर्ष ४० की विन्द्रावती देवी चमार, सोही ठाउं बस्ने प्रकाश चमारका श्रीमती वर्ष ३० की सुनिता चमार रहेका छन् । त्यसैगरी, दरभंगा बस्ने उमेश चमारका श्रीमती वर्ष ३५ की मनिता चमार, मधुवनी बस्ने उपेन्द्र खत्वेका श्रीमती वर्ष ४० की निर्मला देवी खत्व समेतलाई चोरीको आरोपमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । उनीहरुलाई गरगहाना सहित पक्राउ गरि चोरी मुद्दा दर्ता गरि कानुन बमोजिम प्रहरीले कारवाही गरिरहेको छ । यसैगरी, बैशाख १९ गते लहान १ स्थित लोक राजमार्गमा चालक चन्द्रउदयपुर वडा नं.४ हाल गोलबजार १० बस्ने वर्ष २४ का रामचन्द्र मुखियाले चलाई लगेको बा.३.च.३२१६ नं.को पिकअप जिपलाई चेक जाँच गर्दा अवैद्य काठ प्रहरीले बरामद गरेको छ । जिपमा अवैध टिकली जातको गोलिया काठ १४.८१ के.वि.फिट फेला पारी गाडी सहित पक्राउ गरि आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय लहान सिराहामा पठाईएको छ । 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment