एजेन्सी , काठमाडौं : 'हिट एन्ड रन' घटनामा मुम्बर्इ हार्इ कोर्टले बलिउड स्टार सलमान खानलार्इ जमानतमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार भएको बहसका क्रममा शेसन कोर्टले बुधबार दिएको ५ वर्षको सजाय निलम्बन गर्दै हार्इ कोर्टले जमानतमा रिहा गर्न आदेश दिएको हो ।मुम्बर्इ हार्इ कोर्टका न्यायाधीश अभय थिप्सेले सलमानको निवेदनमा सुनुवार्इ गर्दै जमानतमा छोड्ने आदेश दिएपछि उनले राहत पाएका छन् । हार्इ कोर्टले यो आदेश दिएपछि सलमानले सेशन कोर्टमा आत्मसमर्पण गरी ३० हजार भारतीय रुपैयाँ 'बेल बन्ड' भरेपछि उनी उनी जेल जानुपर्ने छैन ।अदालतले सलमानका नाममा आदेश दिँदै स्वयम् अदालतमा आएर जमानत बुझी जान भनेपछि उनका फ्यान र परिवारमा खुसियाली छाएको छ । शेसन कोर्टले फुटपाथमा सुतिरहेका मानिसलार्इ गाडीले कुल्चेको घटनामा सलमानलार्इ दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो ।सलमानमाथि २८ सेप्टेम्बर २००२ को राति मादक पदार्थले मातेको अवस्थामा फुटपाथमा सुतिरहेका मानिसमाथि गाडी कुदाएको आरोप छ । ४ जना गम्भीर घाइते र एकजनाको ज्यान गएको सोही घटनामा सलमानलार्इ १३ वर्षपछि जेल सजाय भएको हो ।मुम्बई सेशन कोर्टका न्यायाधीश डिडब्लू देशपाण्डेले यो मामिलाको सुनुवार्इ गर्दै सलमान यो घटनामा दोषी ठहर गरेका थिए । देशपाण्डेले सलामन मातेको अवस्थामा रहेको र उनीविरुद्ध लागेका सबै आरोप प्रमाणित भएको जनाएका थिए ।
No comments:
Post a Comment