मित्र राष्ट्र चीनले महाभुकम्पबाट ध्वस्त भौतिक संरचना पूर्ननिर्माणमा नेपालले चाहेजति सहयोग गर्ने वचन दिएको छ । उत्तरी छिमेकीले त्यसका लागि आवश्यकता खुलाई प्रस्ताव गर्नसमेत आग्रह गरेको छ । चिनिया राष्ट्रपति सि जिनपिङले महाभुकम्पबाट नेपाललाई पुगेको भीषण क्षतिप्रति चासो देखाउदै सहयोग गर्ने सन्देश नेपाल सरकारलाई पठाएका हुन् । चिनियाँ राजदूत उ छुन्थाईले हालै प्रधानमन्त्री सुशील
इरालालगायतसँगको भेटमा राष्ट्रपति सिको सन्देश सुनाएका हुन् ।छिमेकलाई आपत पर्दा धक फुकाएर सहयोग गर्ने सिले बताएका छन । ‘चीन नेपालको प्रस्तावमा सहयोग गर्न चाहन्छ । हामी अहिले उद्धार कार्य सकेर बन्द बाटो खुलाउने, भत्किन लागेका घरहरु सुरक्षित रुपमा भत्काएर जोखिम न्यूनिकरण गर्नेजस्ता कामहरु नेपाल सरकारसगको संयोजनमा गरिरहेका छौ,’ चिनिया दूतावासका सूचना अधिकारी जियाङ विले भने । नेपाल भरपर्दो र पुरानो मित्र भएकाले विपतमा सहयोग गर्न कुनै कन्जुस्याई नगर्ने चीन सरकारको सन्देश उद्धृत गर्दै जियाङले बताए । उनका अनुसार चीन नेपालको पुननिर्माणनिम्ति तत्कालिक र दीर्घकालीन योजनाका कामहरु गर्न चाहन्छ ।चीनले हिमाली क्षेत्रमा रहेका पदयात्रीलाई समेत उद्धार गरी आफ्नो मुलुकमै राखेर उपचारपछि फर्काएको छ ।आजको कान्तिपुर
दैनिकमा खबर छ ।

No comments:
Post a Comment