/ / एउटा यस्तो पोखरी जहाँ हामफाले मात्रै बच्चा जन्मिन्छ

एउटा यस्तो पोखरी जहाँ हामफाले मात्रै बच्चा जन्मिन्छ

  पूरा भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला ।

 3192  9  3  0  3208
Add caption

एउटा यस्तो पोखरी जहाँ हामफाले मात्रै बच्चा जन्मिन्छ देख्नेहरुले यि जोडी के गरी बसेका भन्न  सक्छन् । तर उनीहरुले आफ्नै कोखबाट सन्तानजन्माउने इच्क्षा पुरा गर्न भन्दै धार्मिक विधि पुरा गरेर प्राथना मात्रै गरेका हुन् । निःसन्तान यि दम्पतीहरु सन्तान प्राप्तिको चाहना राखेर धार्मिक पूजापाठका माध्यमबाट  आफ्नो मनोकांक्षा पुरा गर्न भन्दै सिरहा  जिल्लाको पतारीमा हरेक वर्ष वैशाख २ गते लाग्ने मेलाका केही दृश्यहरु हुन् यि पूर्व–पश्चिम सडकअन्तर्गत सिरहाको धनगढी  बजारबाट करिब १० किलोमिटर दक्षिणमा पर्ने लक्ष्मीपुर पतारी गाविस—३ मा रहेको पतारी पोखरीमा सन्तान पाउने आकाङ्क्षासहित आउने निःसन्तान दम्पतीको भव्य मेला लाग्ने गर्दछ । पतारी पोखरीमा आउने निःसन्तान दम्पतीको बिहानैदेखि ठूलो भीड लागेको छ । हरेक वर्ष वैशाख २ गते लाग्ने मेलामा नेपालका  विशेषगरी तराई र तराईले छोएका विभिन्न जिल्ला  र भारत विहारका पटना, मधुवनी, दरभङ्गा, जयनगरलगायतका ठाउँका निःसन्तान दम्पती मेलामा जान्छन् । करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको पोखरीको दक्षिणी किनारमा रहेको गहवरको  पूर्वी ढोकामा वैशाख १ गते साँझदेखि निरन्तर १८ घन्टासम्म निराहार बसेर भोलिपल्ट वैशाख २ गते मध्याह्न गहवरभित्र रहने विशेष आराधना कोकिया गुहाइरबाट अक्षता लिएर गहवरको उत्तरी गेटबाट सिधै पोखरीमा हाम फाल्नुपर्ने मान्यता रहेको छ । त्यसरी हाम फालेपछि पोखरीमा पहिलो डुबुल्कीमै पानीभित्र कुनै जीव भेटिए सन्तान हुने विश्वास गरिन्छ । पानीमा भेटिएको जीव मुठ्ठीमै राखेर दौडिँदै गाउँको सीमा पार गर्नुपर्ने मान्यताअनुरुप पोखरीबाट निस्केका भक्तजनहरुको पछिपछि आउने पतिसहित आफन्तले गाउँको सीमा पार गरेपछि कपडा फेरिदिने गर्दछन् ।

       

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment