विश्लेषकहरु भन्छन्, ‘राउतलाई राज्यले नै अर्कै काममा उपयोग गरिरहेको छ’
311 1 0 0 312
राज्यविप्लवको आरोपमा २०७१ भदौको अन्तिम साता मोरङबाट समातिएका डा। सिके राउत विशेष अदालतबाट सफाई पाइसकेका छन् । तर, त्यसपछि पनि उनी पटक–पटक पक्राउ परेर छाडिने क्रम भने जारी रहेको छ ।नेपालबाट मधेश अलग गर्नुपर्छ भनि अभियानमा लागेका राउत मोरङबाट समातिएपछि केही दिनपछि ५० हजार धरौटी दिएर रिहा भएका थिए । रिहा भएर मधेश गएपछि उनी पटक पटक समातिए । अच्चमको कुरा के भने समातिएको २४ घण्टा नबित्दै उनलाई उनकै घरसम्मै गएर छाड्ने काम भएको छ ।पछिल्लो समय जेठ १२ गते इटहरीमा एक टेलिभिजनलाई अन्तरवार्ता दिन गएको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । तर, २४ घण्टा नबित्दै उनको सप्तरीस्थित घरसम्म लगेर छाड्यो । कुनै कारण देखाउँदै प्रहरीले समात्छ र पछि कारण पुष्टि नभएको भन्दै राउतलाई छाडिने गरिएको छ । त्यो श्रृंखला कयौँ पटक दोहोरिसकेको छ । उनलाई मोरङदेखि पर्सासम्म पटक पटक समातेर छाडिने गरिएको छ । कतै मञ्चबाटै उनी पक्राउ परेका छन् भने कतै कार्यक्रममा भाग लिन जाँदै गरेको अवस्थामा । आखिर राज्यसँग प्रमाण नै नभएको हो भने किन पक्राउ पर्छन् सिके राउत रपूर्वाञ्चलका डिआईजी माधव जोशी यसमा कुनै विशेष कारण नभएको बताउँछन् । ‘शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि हुन थाल्दा समात्छौ र पुनः छाडिदिन्छौं,’ उनले प्रतिकृया दिए । राउत कतै भाषण दिन जाँदा राष्ट्रको अहितमा बोल्ला कि जस्तो लागेर समात्छौं र पछि छाड्छौ भन्दै डिआईजी जोशीले अरु कुनै कारण नभएको बताए ।‘देशको विरोधमा बोलेको भन्दै समात्नु हुन्छ अनि फेरि किन छाड्नुहुन्छ रु’ भन्ने प्रश्नमा उनले ‘त्यो पुष्टि नभएर होला तर अरु यस विषयमा आफूलाई केही थाहा नभएको’ भन्दै थप कुरा भन्न चाहेनन् ।
प्रहरी प्रधान कार्यालयबाट पूर्वाञ्चलको जिम्मेवारी सम्हाल्न थालेको उनले तीन महिना मात्र पुगेको छ । र, त्यस अवधिमा सिके राउतलाई झापा ९२०७१ चैत्र २१० र सुनसरी ९जेठ १२ गते० गरी दुई पटक समातेर छाडेको छ । तर उनी नै यस विषयमा आफूलाई थप जानकारी नभएको बताउँछन् । यो कुरा जनआस्थाका सम्पादक किशोर श्रेष्ठको भनाईले पुष्टि हुन्छ ।
राज्यको खेल होः श्रेष्ठ
श्रेष्ठ भन्छन्, ‘प्रहरी प्रशासनलाई यस्ता कुरा के थाहा हुनु माथिबाट जे निर्देशन हुन्छ त्यही गर्ने हो । खेल के हो, त्यसको जानकारी उनीहरुलाई थाह हुँदैन ।’ सिके राउतलाई समात्नु र छाड्नुमा राज्यको खेल रहेको बताउँछन् पत्रकार श्रेष्ठ ।‘प्रमाण जुटाएरै राज्यले राज्य विपल्वको मुद्दा लगायो तर फेरि किन छाड्यो, अहिले पनि उनी विभिन्न ठाउँमा भाषण दिँदा यस्ता कुराहरु बोलिरहेका हुन्छन्, त्यसैको कारण देखाउँदै समात्छन् र २४ घण्टा नबित्दै छाड्छन्,’ श्रेष्ठले भने । यो आफैमा शंकास्पद रहेको उनको टिप्पणी छ ।राज्यले सिके राउतलाई हिरो बनाएर मधेशको मुद्दालाई कमजोर बनाउन खोजेको श्रेष्ठको दावी छ ।सानो–सानो कुरालाई अनुसन्धान गरी आफ्नो पत्रिकामा लेख्ने माहिर पत्रकार श्रेष्ठले पूरै दाबीका साथ भने, ‘यो राज्यको खेल हो । राउतलाई हिरो बनाएर मधेशलाई कमजोर बनाउन चाहेका छन् । नत्र यतिको कुरा भइसक्दा पनि मधेशवादी दलहरु किन चुप छन् र सानो–सानो कुरालाई अनुसन्धान गरी आफ्नो पत्रिकामा लेख्ने माहिर पत्रकार श्रेष्ठले पूरै दाबीका साथ भने, ‘यो राज्यको खेल हो । राउतलाई हिरो बनाएर मधेशलाई कमजोर बनाउन चाहेका छन् । नत्र यतिको कुरा भइसक्दा पनि मधेशवादी दलहरु किन चुप छन् रु अलग मधेशका लागि सशस्त्र आन्दोलन शुरु गरेका जयकृष्ण गोइत पटनाबाट किन विज्ञप्ति जारी गर्छन् रु यी सबै राज्यको खेल हो ।’
उनले मधेशवादी दलका नेताहरु चुप लाग्नुमा कतिपय मधेशीको श्रीमती पहाडी भएको कारण पनि देखाए ।
प्रहरी प्रधानकार्यालय बेखबर राउतलाई समातेर छाड्ने कार्य लिएर यतिको चर्चा पाइरहेको बेला प्रहरी प्रधान कार्यालयका प्रवक्ता कमलसिह बमलाई राउतको बारेमा केही पनि थाह छैन । उनले यो कुरा जिल्लाका प्रहरी प्रमुखलाई सोध्न भने । जिल्लामा हुने हरेक गतिविधिको रिर्पोटिङ केन्द्रमा हुने गर्छ र हुनुपर्छ पनि तर बमले भने, ‘यस विषयमा हामी कहाँ कुनै रिर्पोटिङ भएको छैन ।’उनले यति मात्र भने कि कुनै पनि व्यक्तिमाथि शंका लाग्यो भने २४ घण्टाका लागि जतिबेला पनि जहाँ पनि समात्न सक्ने र सिके राउतको सम्बन्धमा पनि त्यही भएको हुनुपर्ने बताए । शान्ति सुरक्षामा कुनै खलल पुग्ने गतिविधि गरेका होला अनि मात्र समातेको हुनुपर्छ तर थप कुरा उतै ९जिल्ला० बुझ्दा राम्रो भन्दै उनले फोन राखे ।
मधेशविरुद्ध सेन्टिमेन्ट क्रिएट गरिँदैछः महर्जन
चबवभलमचब mबजबचवबलइसमता अनलाइनका सम्पादक एवं राजनीतिक विश्लेषक राजेन्द्र महर्जनले सिके राउतलाई उपयोग गर्नका लागि राज्यले यस्तो गतिविधि गरिरहेको टिप्पणी गरे ।यस्तो गतिविधिले मधेशको मुद्दा सिधै कमजोर हुन्छ र मधेशको विपक्षमा उभिनेका लागि फाइदाजनक हुन्छ भनेर नै राज्यले मधेशविरुद्ध सेन्टीमेन्ट क्रिएट गर्नका लागि यस्तो गरेको उनले बताए ।सिके राउतलाई देखाएर राज्यले मधेशमा अरु केही थोक गर्न खोजेको दावी पनि सम्पादक महर्जनको छ । राज्यले नबोलेर धेरै ठूलो काम गरिरहेको छ जसलाई शंकाको दृष्टिले हेर्न सकिन्छ ।
No comments:
Post a Comment