0 0 0 New
काठमाडौँ, १६ जेठ । कमजोरदेखि शक्तिशाली राष्ट्रसम्म आतङ्कवादले सताइएको अवस्थामा केही समययता एक नयाँ आतङ्ककारी शक्तिको उदय भएको छ । इस्लामिक स्टेट ९आईएस० नामबाट परिचित यस नयाँ शक्तिमा मुसलमान राष्ट्रका व्यक्तिको सक्रियता रहदै आएको थियो । केही समययता भने पश्चिमा राष्ट्रका नागरिक पनि यस आतङ्ककारी सञ्जालमा आकर्षित र संलग्न हुनथालेको पाइएको छ ।गत २६ तारिखमा एकजना अस्ट्रेलियाली महिला आफ्ना दुई सन्तान त्यागेर इस्लामिक स्टेट ९आईएस० मा भर्ती हुन सिरिया पुगिन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले निकै ठूलो महत्वका साथ प्रचार गरेको समाचार हो यो । जस्मिना मिलोनोभ नामकी २६ वर्षकी ती महिलाले आफ्ना साना दुई सन्तानलाई सिड्नीमा नै छोडेर त्यहाँ पुगेको खबर आफ्ना पूर्व पतिलाई एसएमएसमार्फत गरेकी थिइन् । यसअघि उनले आफ्नो ट्विटर अकाउन्टमा निकै कडा सन्देश दिने गरेकी थिइन् । उनले आफू बलिदानीका लागि तयार रहेको भन्ने आसयका सन्देश उनले लेख्ने गरेकी थिइन् । सायद उनको भाषामा बलिदानीको अर्थ आईएसमा भर्ती हुनुनै रहेछ भन्ने कुरा उनका आफन्तले बुझेका छन् ।आफ्ना पाँच र सात वर्षका ती बालबालिकालाई शिशु स्याहार केन्द्रमा छोडेर सिरिया भागेको उनको कदम देखेर धेरै मानिस तथा उनका आफन्त छक्क परेका छन् । उनले आफ्नो यो अभियानलाई नयाँ जीवनको खोजीको सङ्ज्ञा दिएकी थिइन् । अस्ट्रेलियाबाट भागेर सिरिया पुग्ने अस्ट्रेलियाली नागरिकको सङ्ख्या कम्तीमा १०० पुगेको छ । पछिल्लो समयमा युरोपका कयौँ देशबाट युवा आईएसमा भर्ती हुन देश छोडेर सिरिया जाने गरेका समाचार आइरहेका छन् ।केही वर्षअघिसम्म विश्वमा अल कायदा नामको एक आतङ्ककारी सञ्जालको निकै ठूलो त्रास थियो । सो सञ्जालले विश्वका शक्ति सम्पन्न राष्ट्रलाई धम्काउने, आक्रमण गर्ने, हत्या गर्नेजस्ता क्रियाकलाप जारी राखेको थियो । चार वर्षअघि सो सञ्जालका नेता ओसामा बिन लादेनको हत्या भयो । सो हत्यापछि उक्त सङ््गठनको आकर्षण विश्वमा घट्दै गएको छ । जसका कारण यसमा रहेका र विश्वका अन्य आतङ्ककारी क्रियाकलापमा संलग्न सङ्गठनका सशस्त्र हतियारधारीले उक्त सङ्गठनको विकल्प खोजेको हुनसक्छ ।परिवर्तित नामबाट यस शक्तिशाली संस्थाको जन्म दिने प्रयास विगतदेखि नै भएका हुन् । यस सङ्गठनको प्रमुख उद्देश्य विश्वका ५७ वटा मुसलमान राज्य एक भएर शक्तिशाली अमेरिका तथा पश्चिम युरोपेली राष्ट्रलाई हरेक क्षेत्रमा चुनौती दिँदै आतङ्कवादको माध्यमबाट तहसनहस पार्नु र एकछत्र इस्लामी प्रभुत्व कायम गर्नु रहेको देखिन्छ । उनीहरूले समयसमयमा दिने गरेका अभिव्यक्तिका साथै विज्ञप्तिबाट उनीहरूको यस्तो उद्देश्य रहेको बुझिन्छ ।शक्तिशाली मानिएका र इन्धन श्रोतका धनी मध्यपूर्वका मुुसलमान राज्य ९एसिया र अफ्रिकाका केही समेत० मा विभिन्न नामका थुप्रै आतङ्कवादी सङ्गठन सुरुसुरुमा जन्मिदै र एक आपसमा विलय हुँदै गए । सन् १९९० को दशकदेखि तान्जिम काइदात अल जिहाद फी बिलाद अल रफिदायन नामक एउटा बृहत् अन्तर्राष्ट्रिय सङ्गठनको उदय भएको थियो । छोटो समयमा बदलिइरहने विभिन्न नाइकेद्वारा सञ्चालित यस आतङ्ककारी सङ्गठनलाई अमेरिका र पश्चिम युरोपेली राष्ट्रले ठूलो महत्व दिएका थिएनन् ।यद्यपि उनीहरू यसका गतिविधि नजिकबाट नियाल्दै सतर्क भने रहेका थिए । केही वर्षमै यो सङ्गठन अल कायदा नामबाट अन्तर्राष्ट्रिय जगतमा परिचित हुनपुग्यो । ओसामा बिन लादेन यस सङ्गठनका नाइके भए । यसरी भएको उत्पत्तिले विश्वको सबभन्दा शक्तिशाली राष्ट्र अमेरिका झस्कियो र उसको टाउको दुखाइको विषय बन्न पुग्यो ।अमेरिकामा सेप्टेम्बर १, सन् २०११ को आतङ्कवादी हमलाबाट स्तब्ध र त्रस्त विश्वका प्रजातन्त्रवादी राष्ट्र एक ढिक्का भएर विश्वबाट आतङ्कवादको जरो उखालेर फ्याक्ने अभियानमा अमेरिकी अभियानलाई प्रत्यक्ष वा परोक्ष रूपबाट सघाउँदै आएका छन् । आतङ्कवादबाट पीडित राष्ट्र आतङ्कवादविरोधी अमेरिकी योजनामा सामेल नभए आफूलाई अकल्पनीय खतरा आइलाग्ने स्थिति रहेकोले आतङ्कवादको विरोधमा अमेरिका एक्लै रहेन ।अफगानिस्तानको दक्षिणी खण्ड र पाकिस्तानको उत्तरी खण्डका दुर्गम पहाडी उपत्यकालाई सुरक्षित स्वर्ग बनाउँदै आएका अलकायदा आतङ्कवादी सङ्गठनका नाइके ओसामा बिन लादेन अमेरिकी कारबाहीमा मारिएपछिका दिनमा यस सङ्गठनका गतिविधि केही शिथिल भएका थिए । यता पहिलादेखि अस्तित्वमा आइसकेको तर सुषुप्त अवस्थामा रहेको इस्लामिक स्टेट इन इराक एण्ड सिरिया ९अल साम० आईएसआईएस नामक अर्को कडा आतङ्ककारी सङ्गठनले पनि टाउको उठाउन खोजिरहे पनि यसका गतिविधि तीब्र भइसकेका थिएनन् ।ओसामा बिन लादेनको पतनको करिब एक वर्षपछि आईएसआईएसका गतिविधि तीब्र हुनथाले । इराकयुद्धको अन्त्य, सद्दाम हुसेनको पतन एवम् मृत्यु र इराकमा अमेरिका समर्थित अल्पसङ्ख्यक कुर्द समुदाय शासनसत्तामा आएदेखि आईएसआईएस आफ्नो शक्ति सञ्चय गर्दै ठूलो सङ्ख्यामा सशस्त्र विद्रोही लडाकूको जत्था एवम् आत्मघाती आक्रमणकारीको समूह तयार पार्न सफल भयो । विभिन्न नाइकेद्वारा सञ्चालित यस सङ्गठनको पनि बारम्बर नाइके र नाम परिवर्तन हुँदै आएको थियो ।सिरियामा सरकारी पक्षबाट भएका आमसंहार र जनक्रान्तिबीच आईएसआईएसको नाम यसै वर्षको सुरुदेखि इस्लामिक स्टेट इन इराक एन्ड द लेभ्यान्ट आईएसआईएलमा पुनः परिवर्तन भएको थियो । पछिल्ला दिनमा सङ्गठन भित्रकै एकजना शक्तिशाली आतङ्ककारी अबु बकर अल बग्दादी यसका नाइके भएका छन् । आईएसआईएलको मुख्य उद्देश्य इराक र लेभ्यान्ट क्षेत्रमा पूर्ण इस्लामिक राष्ट्र स्थापना गर्नु रहेको बताइएको थियो ।आईएसले मध्यपूर्वका सुन्नी समुदायका एकलाख ५० हजार भन्दा बढी अन्धभक्त जिहादी लडाकू समूह र बीसौं हजार समर्पित आत्मघाती आक्रमणकारी समूह तयार पारिसकेको दाबी गर्दै आएको छ । उनीहरूले सिरिया र इराकमा बढी आतङ्क सिर्जना गरिरहेका छन् । हालै इराकमा सो समूहले दुईजना अमेरिकी पत्रकारको हत्या गरेका छन् । साथै उनीहरूले इराक र सिरियामा अरु सयौँ निःशस्त्र व्यक्तिको हत्या गरेका छन् ।अमेरिकाको नेतृत्वमा खाडी देशको संलग्नतामा आईएस जिहादीविरुद्ध कारबाहीको रणनीति बनाउने उद्देश्य अनुरूप खाडीका केही मुलुकको भ्रमणपछि अमेरिकी विदेशमन्त्रीसँग साउदी अरेबियाका साथै बहराइन, कुवेत, ओमान, कतार, संयुक्त अरब इमिरेट्स, इजिप्ट, इराक, जोर्डन, लेबनानका प्रतिनिधिले आईएस जिहादीविरुद्ध हुने कारबाहीमा ऐक्यबद्धता प्रकट गर्दै यस विषयमा आवश्यक परे गठबन्धन गरिने सहमति व्यक्त गरेको जनाइएको छ । अमेरिकी नेतृत्वको रणनीतिमा बेलायत, फ्रान्स, जर्मनी लगायत अन्य पश्चिमी राष्ट्रले पनि आईएसविरुद्ध लड्ने गठबन्धनका लागि सहयोग गर्ने जनाएका छन् ।तर उनीहरूको कारबाही त्यति प्रभावकारी देखिएको छैन । अमेरिकी नेतृत्वमा आइएसविरुद्धको यो कारबाही जारी छ तरपनि उनीहरूको शक्ति घटेको देखिदैन । यता अरबी सरकारहरूले यो कारबाही जारी राखेको ताइरहेका छन् भने् उता आइएसले इराकको रमादी सहरका साथै सिरियाको पालमिरा नगर आफ्नो बनाएको छ । लमिरा नगरका कारण विश्वका कयौँ देशको चासो बढेको छ । उक्त नगर विश्व सम्पदा सूचीमा रहेको नगर हो । यसलाई बचाउन नसक्दा र उक्त नगरमा गत हप्ता आईएसको झण्डा फहराउदा आतङ्कवाद विरुद्धको अभियान सञ्चालन गरिरहेका विश्वका कयौँ देशले नरमाइलो अनुभव गरे ।अर्कातर्फ युरोपका कयौँ देशबाट युवा सो सञ्जालमा भर्ती हुन जान लागेका र प्रहरीले पक्राउ गरेका समाचार आइरहेका छन् । यी समाचारले विश्वसमुदायलाई अचम्ममा पार्ने गरेको छ । यस सङ्गठनप्रति आकर्षण युरोप र अष्ट्रेलियामा बढ्दो रूपमा देखिएको सम्बन्धमा ती देशका नीति निर्माताले अध्ययन गरिरहेको बताइएको छ । रासस
No comments:
Post a Comment