(एजेन्सी) बिहारको बैशाली जिल्लामा एक महिलाले घरमा शौचालय नबनाएपछि आफ्नो पतिसँग डिभोर्स गरेकी छिन् । दुईको विवाह गरेको ४ वर्ष भएको थियो ।बैशाली जिल्लाको जन्दाहा थानाको डीह बुचौलीमा बस्दै आएकी सुनिता र पहाडपुर गाउँका धीरजको ४ वर्षपहिले विवाह हुँदा धीरजको घरमा शौचालय थिएन । सुनीताले धीरजसँग कयौ पटक शौचालय बनाउनका लागि आग्रह गरिन्, तर धीरजले उनको कुरा सुनेनन् । यसपछि सुनिताले अदालतमा डिभोर्सका लागि अपिल गरिन् ।सुनिताले आफूलाई घरबाहिर शौचका लागि जान निकै गाह्रो हुने गरेको बताएकी छिन् । यता धीरजले आफ्नो आर्थिक अवस्था राम्रो नभएका कारण उनी घरमा शौचालय बनाउन बताएका छन् । डिभोर्सका लागि अपिल गरेपछि स्थानीय र आफन्तहरूबीच भएको सम्झौतापछि दुवै अलग भएका थिए ।स्थानीय मुखियाका अनुसार धीरजलाई दुई वर्ष पहिले इन्दिरा आवास बनाउने कार्य अनुरूप शौचालय बनाउन पैसा दिइएको थियो, तर धीरजले शौचालय बनाएनन् ।
No comments:
Post a Comment