काठमाडौ, १३ जेठ . बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि भुकम्पको धक्का आउने क्रम रोकिएको छैन् । आज पनि भुकम्पको धक्का महशुस गरिएको छ । सिन्धुपालचोकलाई केन्द्रविन्दु बनाएर आएको उक्त भूकम्पले काठमाडौमा समेत झड्का दिएको छ ।४।५ रेक्टर स्केलको भूकम्पले पनि आज झड्का दिएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको झड्कापछि मानिसहरू हतार(हतार घरबाट बाहिर निस्केका छन् । भूकम्पको धक्कापछि मानिसहरू सुरक्षित स्थानतर्फ भागेका छन् । यसअघि आज मध्यान्ह अर्थात् १२ बजेर ३ मिनेट जाँदा पनि भुकम्पको धक्का महसुस गरिएको थियो । उक्त भूकम्पको केन्द्रबिन्दु दोलखा रहेको थियो भने ४।२ रेक्टर स्केलको रहेको थियो ।
Home /
स्थानिय (lokal news)
/
आज पनि भुकम्पको धक्का महशुस ,४.५ रेक्टर स्केलको भूकम्पले हल्लायो काठमाडौ
No comments:
Post a Comment