सिरहान्यूजव्यूरो । जेष्ठ १३ । सिरहा . इटहरीको एरिना टेलिभिजनमा विशेष अन्तरवार्ता दिन आउने क्रममा मंगलबार दिउँसो पक्राउ परेका डा। सिके राउत बुधवार बिहान इलाका प्रहरी कार्यालय इटहरीबाट आवश्यक कारवाहीका लागि काठमाडौं लगिएको छ ।इलाका प्रहरी कार्यालय इटहरीले बुधवार बिहान ४ बजे कसैलै पत्तै नपाउने गरी सिके राउत र उनका समर्थकहरुलाई कारवाहीका लागि भन्दै सप्तरी प्रहरी हुँदै काठमाडौं लगेको बताएको छ ।प्रहरीका अनुसार पक्राउ परेका डा सिके राउत बिरुद्ध बुधवार राज्य बिप्लब बिरुद्ध मुद्धा दर्ता गरी सप्तरी हुँदै महानगरीय प्रहरी कार्यालय, काठमाडौं लगिएको हो ।उनलाई इलाका प्रहरी कार्यालय इटहरीबाट विशेष प्रहरी सुरक्षा घेरामा राखेर काठमाडौं लगिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक खगेन्द्र खड्काले बताए ।
No comments:
Post a Comment