/ / लोकतन्त्रपछि काम खोज्दै साढे ३० लाख युवा विदेशिए मलेसियामा १० लाख, खाडी मुलुकमा १६ लाख

लोकतन्त्रपछि काम खोज्दै साढे ३० लाख युवा विदेशिए मलेसियामा १० लाख, खाडी मुलुकमा १६ लाख

११ वैशाख, काठमाडौं । ०६२/६३ को दोस्रो जनआन्दोलनपछि काम खोज्दै साढे ३० लाख बढी नेपाली युवा विदेशिएका छन् । देशमा निकै ठूलो राजनीतिक परिव
र्तन भए पनि स्वदेशमै रोजगारीको अवसर नपाउँदा यति ठूलो जनशक्ति विदेशिन बाध्य भएको हो 
                     लोकतन्त्र स्थापनापछि विदेशिनेको संख्या कूल विदेशिने नेपालीको संख्याको ८० प्रतिशत भएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।विभागका अनुसार आर्थिक वर्ष ०६३/०६४ देखि चालू आर्थिक वर्षको फागुन महिनासम्म ३० लाख ५५ हजार ८ सय २१ युवा विदेशिएका छन् ।
स्वदेशमै रोजगारीको अवसर सिर्जना नहुँदा युवाहरु विदेशिन बाध्य भएको बैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङले अनलाइनखबरलाई बताए ।हरेक वर्ष श्रम बजारमा साढे चार युवा प्रवेश गर्छन् । तर, देशभित्र एक लाख युवालाई पनि रोजगारीको अवसर सिर्जना हुन सकेको छैन
‘स्वदेशमा रोजगारी नपाएपछि युवाहरु विदेशिएका हुन्, माओवादी द्वन्द्वका बेलामा धेरै मान्छेहरु विदेशिएका थिए । तर, त्यसबेलाको रेकर्ड राखिएको छैन,’ तामाङले भने- ‘अहिले पनि विदेशबाट फर्किएकाहरुको तथ्यांक सरकारसँग छैन ।’देशमा लामो समयसम्म रहेको राजनीतिक अस्थिरता, ऊर्जा संकट र श्रम विवाद लगायतले औद्योगिक वातावरण प्रभावित भएको छ । यस्तो अवस्थामा नयाँ लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् भने पुराना उद्योगहरु बन्द हुने क्रम बढ्दो छ ।हरेक वर्ष श्रम बजारमा साढे चार युवा प्रवेश गर्छन् । तर, देशभित्र एक लाख युवालाई पनि रोजगारीको अवसर सिर्जना हुन सकेको छैन । त्यसैले रोजगारीका अवसर खोज्दै युवाहरु विदेशिनु परेको हो ।
                                                               मलेसियामा मात्रै १० लाख
लोकतन्त्र आएपछि रोजगारीका लागि मलेसियामा मात्रै १० लाख ३ हजार १ सय ३३ युवा गएको विभागको तथ्यांकमा उल्लेख छ ।धेरै हदसम्म नेपाल र मलेसियाको हावापानी मिल्ने र बाहिरको काम कमैमात्र गर्नुपर्ने भएपछि नेपाली कामदारहरु मलेसियाप्रति आकषिर्त भएको बताइन्छ । पछिल्लो समय मलेसियाले न्यूनतम पारिश्रमिक समेत तोकेको छ । अरबको भूमिमा दशौं लाख  लोकतन्त्र आएपछि अरबको तातो हावामा काम गर्ने नेपालीको अवस्था भयावह छ । कतारमा मात्रै ८ लाख ३ हजार १ सय ८० नेपालीहरु काम गरिरहेका छन् ।सेक्यूरिटी गार्ड, सेल्सम्यान र सुपरमार्केटका कामका लागि विदेशिने नेपालीहरुको संख्या उच्च छ त्यसैगरी ५ लाख ९६ हजार ६ सय ८३ नेपालीहरु साउदी अरबका छन् । 
        ३ लाख ८५ हजार १ सय १२ जना संयुक्त अरब इमिरेट्स (यूएई) मा छन् ।त्यस्तै ९७ हजार ९ सय ८१ नेपाली कुवेतका कार्यरत छन् भने ३८ हजार ९ सय २२ जना बहराइनमा कार्यरत छन् । त्यस्तै २५ हजार १ सय ६८ जना नेपाली रोजगारीका लागि ओमान गएको विभागको तथ्यांकमा देखिन्छ ।पछिल्लो समय विदेशमा सेवा क्षेत्रमा जाने नेपालीहरुको संख्या उच्च रहेको वैदेशिक रोजगार व्यवसायी तामाङले बताए । ‘पछिल्लो समयमा सेक्यूरिटी गार्ड, सेल्सम्यान र सुपरमार्केटका अन्य कामका लागि विदेशिने नेपालीहरुको संख्या उच्च छ ।’ उनले भने ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment