/ / लोकतन्त्रको शुभकामना

लोकतन्त्रको शुभकामना

काठमाडौं, ११ बैशाख ।
राष्ट्रपति रामवरण यादवले दशौं लोकतन्त्र दिवसका अवसरमा सन्देश दिनुहुँदै आन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धिको संस्थागत गर्दै समयमा संविधान जारी गर्नु मूख्य जिम्मेवारी भएको बताउनु भएको छ ।लोकतन्त्र दिवसको अवसरमा शुभकामना दिनुहँदै प्रधानमन्त्री सुशील कोइरालाले संवाद, सहकार्य, मेलमिलाप र एकताका माध्यमबाट नेपाली जनचाहना बमोजिमको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाइनुपर्नेमा जोड दिनुभएको छ । उहाँले संघियता, गणतन्त्र र समावेशितासहितको लोकतन्त्रलाई संविधानसभाबाट बन्ने संविधानमा लिपिबद्ध गरी संस्थागत गर्ने ऐतिहासिक चरणमा आइपुगेको बताउनुभ


यो । इन्डोनेसियाको जकर्तामा रहनुभएका प्रधानमन्त्री कोइरालाले शुभकामना सन्देश पठाई लोकतान्त्रिक शासन पद्धतिलाई चीरस्थायी बनाएर जनताको भविष्य उज्ज्वल बनाउन प्रेरणा मिलोस भनी कामना गर्नुभएको छ । प्रधानमन्त्री कोइरालाले नेपाली जनताले लामो बलिदानपूर्ण संघर्षबाट प्राप्त गरेका अधिकारलाई संविधानमा लिपिबद्ध गरी संस्थागत गर्ने कार्यमा धैर्यतापूर्वक साथ पाउने अपेक्षासहित देशभित्र र बाहिर रहेका समस्त नेपालीलाई शुभकामना व्यक्त गरेका गर्नुभएको छ ।यसैगरी एमाले अध्यक्ष केपी ओलीले ठूलो मेहनत,त्याग र संघर्षबाट यो अबस्थासम्म आईपुगेको बताउनुभएको छ । एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले यस अबसरमा आन्दोलनका महान योद्धाहरु प्रति श्रद्धा व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले ठूलो मेहनत,त्याग र संघर्षबाट यो अबस्थासम्म आईपुगेको बताउँदै अहिले सम्म पनि लोकतान्त्रिक आन्दोलनले दिएका अविभाराहरु पुरा गर्न नसकेकोमा आफुहरुको कमजोरी रहेको स्वीकार्नु भएको छ ।अब बन्ने संविधानले मुलुकको भाग्य निर्धारण गर्ने भएकाले राष्ट्रियता झल्कने संविधान निर्माण कार्यमा आफु प्रतिवद्ध भएर लाग्ने बताउदै धैर्य रहन आग्रह गर्नुभएको छ ।  लोकतन्त्र दिबशको अबसरमा नेपाली जनताहरुको बिचमा एक आपसमा सहयोग,सद्भाव र अठोटका साथ अघि बढ्न प्रेरणा प्रदान होस् भन्ने कामना गर्नुभएको छ ।यसैगरी दिवसको अवसरमा शुभकामना जारी गर्दै कँग्रेस उपसभापति रामचन्द्र पौडेलले यहि बर्ष भित्र मुलुकलाई नयाँ संविधान जारी गरेर छाड्ने बताउनुभएको छ ।उपसभापति पौडेलले ०६२÷६३ मा भएको जनआन्दोलन मार्फत सार्वभौम नेपाली जनताको शक्तिले निरङकुशतन्त्रलाई घुँडा टेकाएको आजको दिन नेपालको लोकतान्त्रिक इतिहासमा सर्वाधिक गौरवपूर्ण र अविस्मरणीय दिनका रुपमा अङ्कित रहेको बताउनुभएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment