११ बैशाख, सिरहा
धनुषाको सबैला हत्या काण्डका योजनाकार भनिएका एमाले बैकल्पिक पोलिटब्युरो सदस्य एवं जनकपुर अंचल ईन्चार्ज योगनारायण यादवसहित २५जनाको नाममा जिल्ला अदालत धनुषाले वारेन्ट पूर्जी जारी गरेको छ ।
घटनाको अनुसंधानको क्रममा प्रहरी नियन्त्रणमा रहेका तीन जनालाई भने पुर्पक्षमा राख्ने आदेश सुनाइएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश मुकेश उपाध्यायको ईजलासले सुनाएको आदेशमा यादवसहित २५जनाको नाममा पक्राउ पूर्जी तथा मुद्दा अनुसंधानको क्रममा प्रहरी नियन्त्रणमा रहेका महेन्द्र यादव, महेश यादव तथा राम बिहारी यादव भने लाल बिहारी यादवको हकमा थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने उल्लेख छ ।प्रहरी नियन्त्रणमा रहेका तीन जनाको हकमा आदेशमा भनिएको छ —तत्काल प्राप्त प्रमाणको आधारमा प्रतिवादीहरु निज कसुर घटनामा संलग्न नरहेको भनी मान्न नसकी मुलुकी ऐन २०२० /११८को देहाय २ बमोजिम हाललाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्ने ।विद्यालय व्यवस्थापन समिति गठन विवादमा गत चैत ८ गते राती सवैलामा भएको दुई पक्षीय भिडन्तमा शख्त घाईते बनेका स्थानीय ५२वर्षिय रामसेवक राउत गडेरीको उपचारको क्रममा चैत ९ गते विहानै मृत्यु भएको थियो भन्ने रामसागर साह गंभीर घाईते भएका थिए ।धनुषाको सबैला हत्या काण्डका योजनाकार भनिएका एमाले बैकल्पिक पोलिटब्युरो सदस्य एवं जनकपुर अंचल ईन्चार्ज योगनारायण यादवसहित २५जनाको नाममा जिल्ला अदालत धनुषाले वारेन्ट पूर्जी जारी गरेको छ ।
No comments:
Post a Comment