सुपारी तस्करी वारे समाचार यस अनलाईनमा सार्वजनिक भएको २४ घण्टा नवित्दै नवआगन्तुक सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजका प्रमुख रमेश भटृराईले आफु कार्यरत अञ्चलवाट कुनै प्रकारको अवैध क्रियाकलाप सञ्चालन हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शुक्रवार सप्तरी जागरण अनलाईनसित संक्षिप्त कुरा गर्देै भटृराईले आफु सुपारी तस्करीमा संलग्न नभएको र संलग्नहरुलाई कारवाही प्रक्रिया अघाडि वढाइ सकिएको वताउदै सप्तरी र सिरहाका सम्पूर्ण प्रहरी यूनिट इन्चार्जलाई बोलाएर कुनैपनि अनैतिक र अवैध क्रियाकलाप हुन नदिन कडा निर्देशन दिएको वताए ।
केहिदिन देखि सप्तरीमा भई रहेको सुपारी तस्करी वारे यस अनलाइनले समाचार सार्वजनिक गरेपछि सशस्त्र प्रहरी प्रधान कार्यालय र नेपाल प्रहरीको प्रधान कार्यालयका प्रहरी महानिरीक्षक द्वय कोषराजवन्त र उपेन्द्रकान्त अर्याल गम्भिर भएका छन् ।
साता अघि सप्तरी आएका एसएसपी भटृराई यस अघि डिआइजी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख भई काम गरि सकेका छन् ।
No comments:
Post a Comment