/ / सिरहा सहित देशै भरि भूकम्पको धक्का , भुकम्पको तरंगले सर्वसाधारण त्रासित,

सिरहा सहित देशै भरि भूकम्पको धक्का , भुकम्पको तरंगले सर्वसाधारण त्रासित,

       सामाचार लेखिने समय सम्म  देशै भरी मर्नेको सँख्या   ८ सय ८७  पुग्यो 
श्रीकान्त झा । सिरहा । वैषाख १२
   सिरहा धनुषा , सप्तरी , महोत्तरी सहित नेपालमा आज झण्डै तीन घण्टासम्म लगातार भूकम्प जाँदा स्थानियवासी त्रासमै वननुको सौथ सामाचार लेखिने समय सम्म देशै भरी ८ सय ८७ जनाको मृत्यु भएको छ ।
            बिहान ११ बजेर ५५ मिनेट जाँदा गोरखा केन्द्र भएर सिरहामा ८ पटक धक्का महसुस भएको छ ।  यसबीचमा ११ हेक्टरको १७ पटक भूकम्पको धक्का महसुस गरिएको छ । विनाशकारी भूकम्पबाट भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिको सम्पूर्ण विवरण आउन अझै वाकीँ रहेको छ ।   यता सडक , घर , मंदिर भत्कीएको छ भने   भूकम्पमा परी सिरहामा सयौ  नागरिक सुनेरै घाइते भएका छन् । साँझसम्ममा घर बाहिरै रहन गृहमन्त्रालयले सबैलाई आग्रह गरेको छ । प्रहरीका अनुसार काठमाडौंमा २५०, भक्तपुरमा १५० र ललितपुरमा १ सय बढीको मृत्यु भएको छ । मृतकको संख्या अझैं बढ्न सक्ने अनुमान गरिएको छ । भूकम्पमा परी काभ्रेमा ५४, धादिङमा ३५, मकवानपुरमा ९, ओखलढुंगामा १०, रामेछापमा ५, भोजपुरमा २, नुवाकोटमा ६, गोर्खामा १२ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । हजारौ घाइतेको राजधानीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा इमर्जेन्सी अस्पतालमा ५० देखि ६५ शव छ । तीनसय बढी घाइतेको उपचार गराइरहेका छन् । अस्पतालको चौरमा राखेर घाइतेको उपचार भइरहेको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment