धनकुटा, बैशाख ११ – नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालले समाजमा शान्ति सुरक्षा कायम राख्नका लागि प्रहरीको विकल्प नभएको बताएका छन् ।
उनले पछिल्लो समयमा आएर महिला हिंसाका घटना बढेको भन्दा पनि उजागर भएका कारण बढेको देखिएता पनि निश्चित अवधिपछि महिला हिंसाका घटना स्वतः घटेर जाने विश्वास व्यक्त गरे ।
आईजीपी अर्यालले अनुगमनको क्रममा धनकुटाको शान्ति सुरक्षा मजबुत रहेको उल्लेख गर्दै आफुले धनकुटाको जिल्ला प्रमुख रहेर काम गर्दा र अहिलेको अपराधको प्रकृतिलाई हेर्दा उस्तै उस्तै रहेको उल्लेख गरे ।सोही क्रममा बोल्नु हुदै पुर्वाञ्चल क्षेत्रिय प्रशासक सुरेशप्रकाश आचार्यले पुर्वाञ्चलका १६ जिल्ला मध्ये धनकुटाको शान्ति सुरक्षा मजबुत रहेको उल्लेख गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरी र नागरिकको उत्तिकै दायित्व रहने बताए । महिला हिंसाका घटनाहरुलाई न्युनिकरण गर्न आफु कटिबद्ध भएर लागि परेको उल्लेख गर्नुहुदै क्षेत्रिय प्रशासक आचार्यले पीडितलाई न्याय दिने सन्दर्भमा कसैसँग सम्झौता नगर्न हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिईसकेको बताए ।
No comments:
Post a Comment