एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोगकर्ताहरुको सुविधालाई ध्यानमा राखेर नयाँ प्रविधिको बिकास गरेको छ ।नयाँ प्रबिधिले मोवाइलमा फेसबुक चलाउनेहरुकोलागी नयाँ सुविधा ल्याएको हो । एन्ड्रोइड मोवाइलमा सबै भन्दा लामो समय टिकेको कलर आइडी संवन्धि एपल्लिकेशनलाई टक्कर दिनेगरि फेसबुकले नयाँ एप ल्याउने तयारी गरेको हो ।
यसकालागि फेसबुकले नयाँ एप ‘ हेलो’ सार्वजनिक गरेको हो । यो एपमा दुई तर्फि फोन सुबिधा प्रदान गर्ने छ । फेसबुक प्रोफाइलमा भएको सुचनाको आधारमा कोहिपनि फेसबुक प्रयोगकर्ताहरुले साथीसँग कुरागर्न सक्ने तथा उसका बारेको सुचना लिन सक्ने छ ।अहिले यो एप ब्राजील, नाइजेरीया, अमेरिकामा परिक्षण भइरहेको छ । केही समय पछि यो सबै देशहरुमा सर्वसुलभ तरिकाले प्रयोग गर्न सकिने छ ।प्ले स्टोरमा गएर यो एप डाउनलोड गर्न सकिने फेसबुकले जनाएको छ ।
No comments:
Post a Comment