/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


ग्रामीण क्षेत्रमा प्रहरीको मिलोमतोमा तस्करहरुको बिगबिगी

Posted: 07 Sep 2020 08:58 AM PDT

धर्मेन्द्र प्रसाद यादव,पर्सा २१ भदौ। नेपाल सरकारले विशेष गरी नेपाल प्रहरीलाई नाकामा हुने गरेको राजश्वम चुहावट र अवैध चोरी पैठारी नियन्त्रण गर्ने जिम्मा दिएपनि नेपाल प्रहरीले त्यसको ठीक विपरित अवैध कारोबार गर्ने कारोबारीहरू सँग साठगाठ गरि आर्थिक संकलन तर्फ केन्द्रित रहेको समाचार प्राप्त भएको छ । पर्सा जिल्लाको टिहुकि प्रहरी चौकी इन्चार्ज पवन झा र बुढगाई प्रहरी चौकी इन्चार्ज ओकील सिंहले तस्करहरुलाई संरक्षण दिई लाखौं लाख असुली गरिरहेको खबर प्राप्त भएको छ ।सिमानाकामा हुने गरेको अवैध चोरी पैठारीमा बोडर नाकमा खटेका नेपाल प्रहरीले तस्कर सँग महिनवारी बुझी तस्करी धन्दालाई सहज बनाइने कार्यमा नेपाल प्रहरी सक्रिय रहेको छ । पर्सा जिल्लाको ग्रामीण भेगमा पर्ने टिहुकि,भेडिहर्वा, बुढगाई नाका हुँदै नूनदेखी सुनसम्मको तस्करी भइरहेपनी प्रहरी चौकी टिहुकिका प्रहरी सहायक निरीक्षक पवन झा र प्रहरी चौकी बुढगाईका प्रहरी सहायक निरीक्षक ओकील सिंह मालामाल भएका छन । एनि हाउ पैसा कमाउ भन्ने उखानमा प्रहरी सहायक निरीक्षक झा र सिंह तस्कर समुहहरू सङ्ग लाखौ लाख रूपैया नजराना बुझी तस्करी लाइन सुचारु गरेका हुन ।

टिहुकि, भेडिहर्वा, बुढगाई खुल्ला सिमानाकाको फाइदा उठाउदै तस्करहरुले नेपाल प्रहरीलाई आर्थिक प्रलोभनमापारी सो सिमानाकामा पर्ने भारतीय बजार सीमवती शहर मैनाटाड, सिक्टा बाट अवैध रुपमा भन्सार छली रातिको समयमा नेपालमा अभाव भएको ईलेक्ट्रॉनिक पार्ट्स,लत्ताकपडा, गाडीको पार्ट्स, हार्डवेयर, सुर्ती, राजनिवास, रजनीगन्धा, पानपराग, मैदा, चिनी, खाने तेल, चपल, भैंसी देखी हुण्डी कारोबारी लगायतका सामानहरु भारत बाट नेपाल तर्फ भित्र्याउने गरेको एक स्थानीय नाम नछाप्ने सर्तमा बताए। पर्साको सबै सिमानाका बन्द भएपछि पर्साको नामुद तस्करहरुले प्रहरी चौकी टिहुकिको इन्चार्ज प्रसनि पवन झा र प्रहरी चौकी बुढगाईको इन्चार्ज प्रसनि ओकील सिंहको सहयोगमा छिपहरमाई गापाको बुढगाई, टिहुकि, भेडिहर्वा सिमानाका प्रयोग गरी लाखौं लाखको तस्करी भइरहेको श्रोतले बताए । नेपाल बाट भारतमा प्रहरी कै सहयोगमा रक्सी मदिराको तस्करी हुँदै आएको स्थानीयले बताएका छन । पर्साको सबै सिमानाका बन्द भएपनि टिहुकि, बुढगाई, भेडिहर्वा सिमानाका बाट प्रहरीको सहयोगमा प्रत्येक दिन रातिको समय मा ५० देखि ८० हजार सम्मको मदिराको तस्करी भइरहेको सूचना प्राप्त भएको छ ।टिहुकि र बुढगाई चौकीको एरियामा धेरै रक्शी भट्टी संचालनमा छन तर भट्टी साहुले प्रसनि झा र सिंहलाई नजराना दिदै चलाइरहेको श्रोतको दाबी छ । त्यहा भारतको धेरै ठाउ बाट मान्छेहरु सिमानाका लक भएपनि रक्शी खान आउने गरेका छन् । संचालन मा रहेको सबै भट्टी साहु सँग हरेक महिना१५ सय रुपैया र रक्सी को तस्कर सँग हरेक महिना प्रति व्यक्ति १५ सय को दरले उठाउने गरेको स्रोतले जनाएको छ ।

मुलुक लगायत विश्व व्यापी फैलिएको कोरोना भाइरस महामारीको समयमा प्रहरी सहायक निरीक्षक झा र सिंह आफ्नो मनोमानी पाराले लाखौ लाख रकम बुझी तस्करीको लाइन सुचारू गरेका हुन । श्रोतका अनुसार सहायक निरीक्षक झा र सिंह विभिन्न किसिमका समाग्री नेपाल र भारतबाट अबैध रूपमा आयात निर्यात गर्ने तस्कर गिरोह सङ्ग रकम लिएर कार्य सुचारू गरेको बताए ।उनले माथिल्लो निकायकै ईशरा पाए पश्चात् प्रहरी चौकीलाई कमाइ खाने भाडो बनाएको बताए ।रातिमा गस्तीको नामले आफै खटिने गरेको र सशस्त्र प्रहरीको ड्युटीको बिषयमा समेत तस्करलाइ खबर गर्ने गरेको बताए । राती मात्र नभइ दिउँसो पनि तस्करीको लाइन सुचारू भएको एक जना स्थानियले बताएका छन ।

नाम नछाप्ने सर्तमा एक प्रहरी भन्छन् टिहुकि प्रहरीले २५ हजार बोरिङको समान सिमानाका कटाउन लिएको थियो र टिहुकि चौकीको एरिया पर्ने भेडिहर्वा सिमानाका बाट तस्करहरुले टिहुकि प्रहरीको सहयोगमा बोरिङको समान भन्सार छली गरी नेपाल प्रवेश गरेको थियो तर त्यहा बाट नेपाली ट्रेक्टरमा लोड गरी वीरगंज तर्फ लेजादै गरेको ट्रेक्टर सहित ३ जनालाई मिर्जापुर चौकीको प्रहरीले छिपहरमाई गाउँपालिका वार्ड नः १ मिर्जापुर बुधीया को मन्दिर भने ठाउबाट टिहुकि प्रहरीले छोडेको ट्रेक्टर पक्राउ गरेको थियोटिहुकि प्रहरीले २५ हजार रूपैया बुझे पश्चात् हार्डवेयरको लाइन दिएको र हार्डवेयरको नाममा एकैरातमा ३ लाख बराबर को बोरिङ को समान भित्रिएको अस्थानिय आरोप छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले सीमा नाकामा समेत निगरानी बढाउन निर्देशन दिएपनी प्रहरी सहायक निरीक्षक झा र सिंहले सशस्त्र प्रहरीले खटेको बिषयमा तस्करलाइ जानकारी गराउदै तस्करी गराउन सफल भएका छन । प्रहरी उपरीक्षक गंगा पन्तको आदेशलाइ धज्जी उडाउने यस्ता गैर जिम्मेवार व्यक्ति हरुले गर्दा पूरै प्रहरी सङ्गठन नै बदनाम हुँदै आएको छ र प्रहरी सहायक निरीक्षक झा र सिंह माथी माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्डमा प्रहरी उपरीक्षक गंगा पन्त एवम प्रहरी निरीक्षक क्राईम ब्रान्च प्रमुख रविभुषण यादबलले पर्साको शान्ति सुव्यवस्था देखि लिएर विभिन्न अवैध गतिविधिमा व्यापक रोक्न सफल भए पनि यस्ता गैर जिम्मेवार इन्चार्ज हरु को कारण ले गर्दा पूरै पर्सा प्रहरी नै बदनाम हुँदै आएका छन। धेरै सञ्चार माध्यममा यो नाकाको तस्करीको विषय घरी घरी आएपनि प्रहरी प्रमुख गंगा पन्तको नजर किन अपुग रहेको जनतामा प्रश्न उठ्न थालेको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment