/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


अध्यक्ष यादवको पहलमा चु जी संस्थाद्वारा दलितलाई राहत

Posted: 05 Sep 2020 09:53 AM PDT

 लाहान, २० भदौ । सरकारद्वारा निरन्तर जारी गरिएको लकडाउनका मार खेपीरहेका दलित समुदायलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदार नाथ यादवको अथक प्रयास एवं पहलमा चु जी संस्थाले उक्त गाउँपालिकाका जम्मा १२३४ घर परिवारलाई राहत वितरण गर्ने भएको छ ।गैरसरकारी संस्था चु अजी ले सखुवानन्कारकट्टी गाउँपालिका का ५ वटै वडाका कुल १२३४ घरपरिवारलाई राहत वितरण गर्ने भएको छ । शनिबार बिहान ९ बजे शुरु गरिएको राहत वितरणमा वडा ५ का दलित समुदायले राहत पाएका हुन । राहत स्वरुप जिरा मसिनो चामल २५ किलो, गहुँको पिठो १० किलो, १ किलो चना, १ किलो मसुर दाल, १ लिटर खाने तेल, १ किलो नुन, ६ वटा नुहाउने साबुन लगायत रहेको छ ।

चु जी संस्था सम्बद्ध दलित सरोकार मन्च कंचनपुर सप्तरीका सदस्य एवं सखुवानन्कारकट्टीका कोर्डिनेटर अजय कुमार रामको अनुसार लामो लकडाउनले बेरोजगारी सृजना गरेको कारण दलित समुदायलाई हात मुख जोड्न समेत कठिनाइ भोग्नु परेको छ । रामले दलितको कहालीलाग्दो अवस्थालाई मनन गर्दै यस प्रकारको राहत योजना ल्याएको बताए । चु जी संस्थाले दिएको राहत कार्यक्रमलाई औचित्यपूर्ण बनाउन सखुवानन्कारकट्टीका अध्यक्ष केदारनाथ यादवले खाद्यान्न ढुवानी तथा वितरण गर्ने जनशक्ति गा. पा स्तर बाटै ब्यवस्थापन गरेको स्रोतले जानकारी दिएको छ । वडा ५ का स्थानीय शिवराम रजक ले यस्तो सम्वेदनशिल घडीमा अध्यक्ष यादवले गरेको पहललाई सराहनीय कदम बताएका छन । त्यसैगरी वडा ५ कै तेतरी देवी रामले राहत पाएकोमा खुशी ब्यक्त गरेकी छिन । उक्त वडा कै दुर्गानन्द रामले भने " हामी पत्याएका थिएनौ कि अब फेरि स्थानीय सरकारले केही गर्ला तर यस्तो संकटको समयमा हाम्रो गा.पा ले गरेको पहललाई स्वागत गर्दछु ।" त्यस्तै शैनी राम मोचीले पनि राहत वितरणलाई स्वागतयोग्य कदम भन्दै गा.पा को प्रयासलाई सराहना गरेका छन ।

सुरक्षा व्यवस्थालाई प्रभावकारी र कोरोनाबाट जोगिन समग्रद्वारा प्रहरीलाई स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान फोटो सहित

Posted: 05 Sep 2020 01:14 AM PDT


 दिलिप कुमार सहनी सिरहा, भदौ १९ गते । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन र कोरोनाबाट जोगिन जिल्ला प्रहरी कार्यालय सिरहालाई एक सामाजिक संस्थाले स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान गरेका छन् । आमनागरिकको सुरक्षा तथा न्यायमा पहुँच अभिवृद्धि बढाउने क्षेत्रमा काम गरिरहेका सामाजिक संस्था समग्र जनउत्थान केन्द्र लहान सिरहाले जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान गरिएको हो ।सिरहा नगरपालिकाका मेयर अषेश्वर प्रसाद यादवको प्रमुख आतिथ्यमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक उमाशंकर पजियारलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

कोरोना संक्रमणको जोखिम कम गर्न देशव्यापी रुपमा चल्दै आएको विभिन्न खाले क्रियाकलाप सरह सिरहा नगरपालिकाले पनि कोरोना संक्रमणबाट नगरबासीलाई जोगाउन अग्र स्थानमा रही विभिन्न खाले क्रियाकलाप संचालन गर्दै आएको मेयर यादवले बताएका हुन् । कोरोना संक्रमण जोखिम न्यून गर्ने यो महाअभियान भएको हुनाले यसलाई सफल र सार्थक बनाउन कुनै एक दुई पक्षले मात्र नहुने तर्फ गर्दै महाअभियानलाई सफल बनाउन समग्र संस्था जस्तै अन्य गैरसरकारीलाई सहयोगकारी भुमिका निर्वाह उनले आग्रह गरे ।

हालको कोभिड १९ ले सृजना गरेको असहज परिस्थितिमा लैंगिक हिंसाको प्रभावितहरुलाई सुरक्षित रुपमा सेवा प्रवाह गर्न तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन र खास गरी जिप्रका भित्र रहेर महिला बालबालिकाको क्षेत्रमा विशेष सेवा प्रवाह गरिरहेका महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको सेवा प्रवाहलाई थप सुरक्षित बनाउने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको संस्थाका कार्यकारी निर्देशक देवराज पोखरेलले बताउनु भयो ।

निर्देशक पोखरेलका अनुसार जिल्ला प्रहरी कार्यालयलाई सेनिटाईजर १ सय ग्राम १२० थान, थ्रमो गन २ पिस, ग्लोब्स ६० जोर, सर्जिकल माक्स २ हजार पीस, के ९५ मास्क ६० पीस, सेनिटाईजर स्ट्याण्ड १ पीस, सेनिटाईजर ५ लिटरको २ ग्यालेन, पिपिई ५ सेट, गमबुट १० जोर लगायतका सामग्रीहरु प्रदान गरिएको उनले बताउनु भयो।

युकेएडको आर्थिक सहयोग तथा भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्रले संचालन गर्दै आएको सहज परियोजना अन्तर्गत उक्त सामग्रीहरु वितरण गरिएको सहज परियोजनाका परियोजना व्यवस्थापक कृष्ण साहले बताउनु भयो । सिरहा जस्तै समग्रले संचालन गर्दै आएको प्रदेश नं.२ का ६ वटा जिल्लाका सुरक्षा निकायलाई सहज परियोजनाबाटै स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान गरेको उनको भनाई छ ।

धानमा पानी पटाउने विषय लिएर बिवाद हुँदा दर्जनौं घाइते

Posted: 04 Sep 2020 11:19 PM PDT

 

महेश सिंह सिरहा लहान २० भदौ - सिरहाको बर्यारपटि गाउँ पालिकामा वडा नम्बर १ कचनारीमा धानमा पानी पटाउने विषय लिएर बिवाद उग्ररुपलिए पछी ३ प्रहरी सहित दर्जनौं ब्यक्ती घाइते भएका छन् ।शुक्रबार राती करीब ९ बजे तिर रामनाथ यादव र बिजय यादवको पकक्ष बिच धान पटाउने विषय लाई लिएर बिवाद उग्ररूप लिएपछि झणडा भएका थिए।स्थानीय अजय यादवको खेतमा रहेको बोडिङमा विद्युतबाट चल्ने पानी तान्ने मोटरबाट पानी धान खेतमा पानी म पहिला हाल्छु त, म पहिला हाल्छु - भन्दै बिवाद उग्ररूप लिए पछि झगडा भएको थियो । मोटर ,बोडीङ २,जग्गा सहित स्थानीय सोही बस्ने अजय चौधरीको निजि हुन् । पुरानो रिशिबिको कारणले उक्त झगडा भएको स्थानीयले बताए धान पटाउने एउटा् बहाना र झगडा गर्ने न्यु मात्र भएको उनले बताए । घाइते हुनेमा दिनेश कुमार यादव भगत को १० टाका लगेको छ भने श्याम कुमार भगतलाई ४ वटा टाका र मिथिलेश यादव लाई ३ वटा टाका लागेको छ् । घाइतेलाई सिरहा सदर मुकायमको सरकारी अस्पतालमा उपचार गराएको पीडितले बताए । यता १० जनाको एक समुहले राज कुमार यादवको श्रीमती स्वस्तिका कुमारी गिरी यादवलाई घरमा गई बोकसिको आरोपमा बेस्सरी खुट्पिट गरेको पीडितले बताए । उक्त घटनामा शान्ति सुरक्षाको लागि प्रहरी चौधरी कचनारीबाट खटिएको नेपाल प्रहरीको दुई जना जवान र बोडर चेक पोस्ट कचनारीमा खटिएको सशस्त्र प्रहरीका ईन्स्पेकटर सुर्य धमला लाई बया पाखुरामा गहिरो चोट लागेको धमलाले बताए । नेपाल प्रहरीमा घाइते जवानको नाउँ गोप्य रहेको छ। उक्त घटनाको आरोपमा एक जना युवालाई ईलाका प्रहरी कार्यालय लक्ष्मीपुरपतारीको थुनुवा गृहमा राखिएको छ् । उक्त घटना छानबिनको लागी युवालाई पक्राउ गरि छानबिनको लागि राखिएको ईन्स्पेकटर अरबिन साहले बताए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment