Onlinesiraha-Nepali |
Posted: 03 Jun 2020 08:10 AM PDT बखतियार अलि सर्लाही २० जेष्ठ । सर्लाही जिल्ला लगायत प्रदेश नं. २ का विभिन्न जिल्लामा ६ हजार पर्ने चुल्हा र सिलिण्डर ३५ सयमा दिने भन्दै पैसा ठगी गर्दै हिडने एकजना महिलालाई सर्लाही प्रहरीले आज पक्राउ परेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटबाट नेपाल लाईफ सेटल च्यारिटी ट्रष्ट नामक संस्था दर्ता गराई सर्लाहीको गोडैता नं.पा.वार्ड नं.३ घर भई बस्ने शम्भु महतोका श्रीमती राजरानी कुशवाहालाई ठगिको आरोपमा प्रहरीले आज पक्राउ गरेको हो । आरोपित महिला कुशवाहा लगायतका केहि समुहले सोझासाझा गरिब जनताहरुलाई प्रलोभनमा पारी ६ हजारको सामान ३५ सयमै दिने भन्दै पैसा उठाएर फरार भएका थिए । उनी विरुद्ध प्रहरी कार्यालय सर्लाहीमा हाल सम्म ४ सय ८० जनाले उजुरी दर्ता गराएपछि प्रहरी धेरै दिन देखि खोजतलास गरिरहेको थियो । आज विषेध सुराकीको आधारमा आरोपित महिला पक्राउ परेको प्रहरी नायब उपरीक्षक मदन कुवरले बताउनु भयो । प्र.ना.उ. कुवरका अनुसार आरोपित महिलाले करोडो रुपैया उठाएको हुन सकने बताएको छ । |
कमिशन एजेन्ट राख्ने मन्त्री सोनलको राजिनामाको माग, Posted: 02 Jun 2020 09:45 PM PDT लहान, २१ जेठ - प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले आफ्ना एजेन्टमार्फत नै सिरहाको कामकाज गराउँन खोजे पछि भ्रष्टाचारी रोक्न लहानका युवा किसानहरु आज मन्त्रीको विरोधमा प्रर्दशन गरेको छ । युवा किसानहरुले 'कमिशन एजेन्ट राख्न पाइदैन, मन्त्री जितेन्द्र सोनल राजिनामा गर' 'किसानको माग पूरा गर, सिँचाई रोक्न पाइदैन्' 'बालविवाह गराउँने राज्यमन्त्री सुरेश मण्डललाई कारवाही गर ' 'सिँचाई विकास सबैको सरोकार, हाम्रो किसानको माग पूरा गर' जस्ता प्लेकार्ड बोकेर लहानमा प्रदर्शन गरेको छ । लहान १९ का किसानहरुले चार दिन अगाडि पावर ड्रिल बोडिँगको लागि भूमिगत जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय लहानमा आवश्यक फाईलसहित निवेदन दर्ता गराएको थियो । आवश्यक फाईल बमोजिम कामकाज गर्न सम्झौता तयार भइरहेको अवस्थामा कमिशनको संकेत नदेखेपछि डिभिजन कार्यालयका हाईड्रोजियोलोजिष्ट पुष्पराज दहालले 'प्रदेश २ बाट मन्त्रालयको फोन आयो सम्झौता गर्न सक्दीन ।' 'मेरो जागिरको सवाल छ' 'यो काम गरियो भने मलाई सरुवा गरिदिन्छ' भन्दै 'तपाईहरु मन्त्रीको एजेन्टमार्फत आउँनुस् ।' भनेका थिए , यता, कामको सम्झौता रोकेको भन्दै राष्ट्रिय जनता पार्टीका एक नेताले मन्त्री सोनललाई काम गराइदिन आग्रह गरेका थिए । फोनमै मन्त्री सोनलले 'मेरो मान्छेलाई सम्पर्क गरेर आफै मिलाउँनुस् ।' भन्दै मन्त्री सोनलले फोन काटेका थिए । सिँचाईको लागि आएको बोडिँग किसानले कमिशन तिरेर जडान गर्नुपर्ने स्थिति आएपछि युवा किसानहरुले डिभिजन कार्यालयमा तालाबन्दी गरेका थिए । मन्त्री सोनलकै आदेशमा दूई दिनपछि जेठ २० गते त्यस कार्यालयका कर्मचारीले ताला फोडेर काम गर्न थालेका थिए । त्यसै बखत युवा किसानहरुले आफ्नो काम पनि अगाडि बढाउँन आग्रह गर्दा हाईड्रोजियोलोजिष्ट पुष्पराज दहालले मन्त्रीको एजेन्टमार्फत आउँनु भएका थिए । कमिशन विनाको सम्झौता नगरेको भन्दै यस कार्यमा संलग्न रहेका प्रदेश २ का उद्योग पर्यटन, वन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डल र मन्त्री सोनलविरुद्ध युवा किसानहरुले आज लहानमा प्रदर्शन गरेका छन् । राज्यमन्त्री सुरेश मण्डलले गत बर्ष आफ्नै खर्च दिएर कल्याणपुर ३ प्रसाहीका कुशे मल्लिककी |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
Learn all want to|you should|you have to} know about the latest Maryland sports betting news, as the state aims to launch on-line sports betting within the coming months. On our list, take a look at|try} Bovada for a mobile-optimized 메리트카지노 sports betting expertise. You can use one of many hyperlinks above and obtain a on line casino app that you simply liked.
ReplyDelete