Onlinesiraha-Nepali |
अस्पतालको लापरबाहीले सिरहामा एक महिलाको ज्यान गयो Posted: 29 May 2020 07:12 AM PDT ![]() शल्यक्रियाकै क्रममा आमाको मृत्यु भइसकेकाले फस्ने डरले चिकित्कसले बिहान उपचारको क्रममा मृत्यु भएको भनेर खबर दिएको उनले भक्कानिँदै सुनाए । 'नियत ठिक भएको भए झुक्याएर हस्ताक्षर गर्न लगाउँदैनथ्यो नि,' उनले भने । अस्पतालको जवाफ चित्त बुझ्दो नभएको मृतक पक्षको भनाई छ । पैसा लुट्नकै लागि सामान्य बिरामीलाई पनि शल्यक्रिया गरेको र लापरवाही गरेर ज्यान लिएको आरोप मृतक पक्षको छ । अस्पताल र चिकित्सककै लापरवाहीका कारणले ज्यान गएको भन्दै शव उठाउन नमानेपछि प्रहरीकै संरक्षणमा जबर्जस्ती हस्ताक्षर गराएर शव लिएर घर पठाएको मृतकका छोरा वीरले बताए । यता, उनको मृत्यु भएपछि शल्यक्रिया गरेकी चिकित्सक भने फरार भएकी छन् । मृत्युको खबरपछि डाक्टरलाई भेट्न खोज्दा अस्पातालका कर्मचारीले काठमाडौं निस्किसकेको भनेर जवाफ दिएको मृतकका आफन्तले बताए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment