Onlinesiraha-Nepali |
- विपन्नवर्गलाई राहत दिन मनकारी महेश र संगिता भोटीयाटोल पुगे
- टुडेपाटी अन्लाईन परिवार द्वारा २५ असिना पीडितलाई राहत बितरण
- सिरहामा महेश र संगिता निकै लोक प्रिय् बन्दै गएका छन्
विपन्नवर्गलाई राहत दिन मनकारी महेश र संगिता भोटीयाटोल पुगे Posted: 05 May 2020 08:45 AM PDT महेश सिंह सिरहा २३ , बैशाख बिश्वमहामारी (कोभिड १९ ) कोरोना प्रभावित विपन्न वर्गलाई राहत दिन समाजसेवी महेश चौधरी र संगिता कर्माचार्य आज भोटीयाटोल पुगेका छन । सामाजिक संजाल र अनलाईनमा आज भोली चर्चामा आएका यि जोडी मंगलवार सिरहाको लहान नगरपालिका वडा नम्बर – १२ भोटीयाटोलका ४० बिपन्न घरपरिवारलाई राहत दएको छ । नेपाल ईन्सयोरेन्स लहानका प्रमुख नागेन्द्र साह , सलहेश फुलवाडी ईङ्गलिस वोडिङ्ग स्कुलका प्रिन्सिपल शिवकान्त चौधरी , एपलो ऊँ ईङ्गलिश बोर्डिङ्ग स्कुल लहान , युवा नेता भिखन चौधरीको बिशेष सहयोगमा अति विपन्न परिवारहरुलाई राहत सामग्री दिईएको हो । त्यहाँ खानेपानी र बिजुलीको समस्या रहेको उनले बताए । पाहाडै पाहाड प्रकृतीको हिसाबले रमाईलो ठाउँ हो , बिकासका पुर्वाधार नपुगेपछी त्याहाँका जनताहरु बढी लकडाउन प्रभाबित भएको उनले सुनाईन । बिपन्न परिवारलाई दैनिक छाक टार्न धेरै नै समस्या रहेको भन्दै त्यहाँ दोस्रो चरणको राहत दिने तयारी समेत गरेको समाजसेबी महेश चौधरीले बताएका छन ।राहत समग्रीमा प्रति परिवार १० किलो चामल , १ किलो आलु , १ किलो प्याज , १ किलो परवल , १ किलो नुन प्रदान गरेको हो । यस अघि यि दुई जोडीले लहान नगरपालिकाका वडा नम्बर १, ३, ५,७, ८, १३, १४, १६, १७, २४ लगायतका वडाका बिपन्न घर – परिवारलाई राहत वितरण गरिसकेको छ । राहत दिने क्रममा अनुभव सुनाउदै नेपाल महिला संघ कि केन्द्रिय सदस्य समेत रहेकी संगिता कर्माचार्यले वडा नम्बर १६ का बिपन्न परिवारहरु धेरै नै आर्थिक संकट भोगीरहेको सुनाईन । सहयोगी मनहरु र स्थानिय सरकारलाई त्यहाँ पुग्न युगल जोडीले आग्रह गरेका छन । बिपत्तको बेलामा कोई बिपन्न परिवारलाई दैनिक छाक टार्न समस्या परेको खण्डमा सिधा हामी दुई जोडीलाई सम्पर्क गर्न उनिहरुले आग्रह समेत गरेका छन । |
टुडेपाटी अन्लाईन परिवार द्वारा २५ असिना पीडितलाई राहत बितरण Posted: 05 May 2020 03:20 AM PDT वैशाख २३ गते । धनुषाको वटेश्वर गाउँपालिकास्थित आजपाटी मिडिया प्रा.लि.द्वारा सञ्चालित अनलाईन न्यूज पोर्टल टुडेपाटी डटकमले धनुषाको बटेश्वर गाउँपालिकाका २५ घरपरिवार असिना पीडितलाई खाद्यान्न वितरण गरेको छ । लकडाउनकै बेलामा गएको वैशाख १२ गते हावाहुरीसंगै आएको असिनापानीले घरको छानो फुटेपछि कष्टपूर्ण गुजारा गरिरहेका बटेश्वर गाउँपालिका १ चित्रपुरका २५ घरपरिवारलाई टुडेपाटी मिडियाले घर-घरमै पुगेर राहत उपलब्ध गराएको हो । टुडपाटीकै पहलमा बटेश्वरका रामनाथ महतोले आईतबार ती परिवारहरुलाई ओत लगाउन त्रिपाल प्रदान गरेका थिए । सोमबार टुडेपाटीका सञ्चालक आनन्द शर्माको नेतृत्वमा घर–घरमा टुडेपाटीको टोली पुगेर अति विपन्न एवं असहाय २५ परिवारलाई राहत उपलब्ध गराएको हो । लकडाउनकै बेला खसेको ठुलठुलो असिनाले घरको छानो फुटेपछि पानी आउँदा छिमेकीको घरमा शरण लिनु पर्ने तथा भिजेरै बस्नु पर्ने र खरमा खाद्यान्न नहुँदा भोकै बस्नु पर्ने अवस्था भएका कारण त्यस्ता २५ परिवारलाई खाद्यान्न वितरण गरेको टुडेपाटीका सञ्चालक शर्माले जानकारी दिए । सञ्चालक शर्माका अनुसार प्रति परिवारलाई १२ किलो चामल, एक किलो खाने तेल, एक किलो दाल, दुई किलो आलु, एक किलो प्याज, एक किलो नुन र एउटा सावुन गरी १८ किलोको खाद्यान्न प्याकेट उपलब्ध गराइएको हो । तीनै सरकार मुकदर्शक भएपछि टुडेपाटी समाचार सम्प्रेशन गरी सम्बन्धीत पक्षलाई ध्यानाकर्षण गराएको र आफ्नो क्षमताले भ्याए अनुसार असिना पीडित अति विपन्नलाई तत्काल केहि राहत उपलब्ध गराएको सञ्चालक शर्माले बताए । राहत वितरणमा टुडेपाटीका सम्पादक शैलेन्द्र महतो क्रान्ति, टुडेपाटीका सह-सम्पादक रोहित महतो, टुडपाटीका प्रतिनिधि नितेश यादव लगायत चित्रपुरका स्थानीय युवा देव महतो र दिपेन्द्र महतो, अमरेश महतो लगायतले सहयोग गरेका थिए । असिना परेको भोलीपल्टै बटेश्वर गाउँपालिका अध्यक्ष, प्रदेश तथा संघीय सांसद, मन्त्री लगायतले निरिक्षण गरी चाँडै ओतको व्यवस्था गर्ने आश्वासन दिएर गएको १० दिन बितिसक्दा समेत अहिलेसम्म फर्केर हेर्न नआएको स्थानीयहरुको गुनासो छ । लकडाउनमा प्रदेश सरकारले विपन्न परिवारलाई राहत वितरण गर्न गाउँपालिकालाई दिएको १० लाख रुपैँयाले कम मात्रामा गुनस्तरहीन खाद्यन्न वितरण गरेको एक साता नबित्दै सो राहत सकिएको स्थानीय विपन्न परिवारको गुनासो छ । पहिलो चरणमा स्थानीय तहले राहत वितरण गर्ने क्रममा गरिब परिवारलाई छुटाएर धनीमनीलाई दिएको भन्दै विवाद समेत भएको थियो । |
सिरहामा महेश र संगिता निकै लोक प्रिय् बन्दै गएका छन् Posted: 04 May 2020 10:37 PM PDT महेश सिंह सिरहा २३ बैशाख - नेपाल सरकारले कोरोना भाईरस बाट बच्चन र एक ब्यक्तीबाट अर्को ब्यक्तीमा सर्न न दिन सरकारले देश भरि लकडाउन गरेको लामो समय बितिसक्दा पनि ज्यालादारी गर्ने गरिब, असाहाई ,बिपन बर्ग, मजदुर , जेष्ठ नागरिक , एकल महिलाहरु बढी प्रभावित भएका छन् । लकडाउनको मार्मा परेका बासिन्दाहरुलाई नेपाली काङ्ग्रेसका युवा नेता तथा मनकारी महेश चौधरी र संगीता कर्माचार्यले राहतको जोहोगरी गरिबको भावना बुझ्न घर - घर राहत लिएर पुगनेगरे का छन । नगरपालिका भित्र रहेका ६० जना एकल महिला र जेष्ठ नागरिकहरु संगै केहि दैनिक ज्याला दारी गर्ने पिडित लाई शिवम रेन्बो स्कुल ,न्यु मनोकामना स्कुल,सलहेश फुलबारी स्कुल, मनकारी जितन यादव र एपोलो ॐ स्कुलको आर्थिक सहयोगमा राहत सामग्री बितरण गरेका छन । एपोलो ॐ स्कुलका प्रिन्सिपल समेत रहनु भएका महेश चौधरी र नेपाल महिला संघका केन्द्रिय सदस्य संगीता कर्माचार्यले राहत स्वरुप १० किलो चमाल,१ किलो आलू , १ किलो प्याज़,१ किलो परवल ,१ किलो नून सहितको राहत सामाग्री वितरण गरेको हो ।नेपाल लकडाउन भएको पहिलो हप्ता देखि नै लहानका विपन्नबर्गहरुलाई लागी सहयोग मागी राहत वितरण गरेका हुन् । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment