/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


ओरेक नेपाल सिरहा दुवारा गर्भवती महिलालाई राहतमा पौष्टिक आहार

Posted: 04 May 2020 10:46 AM PDT

महेश सिंह सिरहा २२ बैशाख - ओरेक नेपाल सिरहाले लहान नगरपालिका वडा नं. १३ का गर्भवती र सुत्केरी महिलाहरुलाई पौष्टिक आहार सहितको राहत वितरण गरेको छ । ओरेक नेपाल सिरहाले वडा नं. १३ को सहकार्यमा ११३ जनालाई राहत वितरण गरिएको हो । लहान नगरपालीका वडा नम्बर १३ अध्यक्ष महेश श्रेष्ठको उपस्थितिमा राहत वितरण गरेका छन् । नेपाल सरकारले देश ब्यापी रूपमा लागु गरेको सामाजिक दुरी कायम गर्दै राहत वितरण गरेका हुन । कोरोना भईरसको कारण सिर्जना भएको समस्यामा गर्भवति महिलाहरु वढी प्रभावीत भएकाले ओरेक नेपाल सिरहा लहान पौष्टिक आहारसंगै राहत वितरण गरिएको हो । प्रत्येक व्यक्तिलाई चामल २५ केजी, दाल १.५ केजी, चना १ केजि, खाने तेल १ लिटर, नुन १ केजी, सरसफाईको लागी सावुन ३ वटा, सरफ १ प्याकेट र सुतिको कपडा २ मिटर वितरण गरेको हो ।ओरेक नेपालका अनिता चौधरीले जानकारी दिनु भयो । समस्यामा परेका सुत्केरी र गर्भवती महिलाहरुलाई समस्या बाट जोगिन ओरेक नेपाल सिरहाले पौष्टिक राहत वितरण गरेको हो ।आउने दिनहरुमा यस्तो बिपतको घडीलाई मध्य नजर गर्दै सहयोग गरिने ओरेक नेपालका संयोजक ज्योति तिवारीले जानकारी दिनु भयो ।

सिरहा नगरपालिकाको वडा न.१५ द्वारा राहत वितरण

Posted: 04 May 2020 10:37 AM PDT

नरेशचन्द्र बरबरिया,सिरहा २२ गते ।कोरोना संक्रमण बढ्न नदिन गरिएको लकडाउनका कारण दैनिक जीवन कष्टर बन्दै गएका विपन्न परिवारलाई सिरहा नगरपालिकाको वडा न.१५ ले राहत वितरण गर्न शुरु गरेका छन । राहत वितरणको पहिलो दिनमा माडर बजारका गरिब,बिपन्नलाई राहत बाडिएको छ । वडा अध्यक्ष धनिकलाल यादवले जम्मा ४८९ घरधुरीलाई २५ किलो चावल,३ किलो दाल,२ किलो नुन,२ लिटर खाने तेल,२ वटा नुहाउने साबुन प्याकेज बनाएर प्रत्येक परिवारलाई वितरण गरिरएको अध्यक्ष यादवले जनाए । 'तथ्यांक संकलन गर्न समय लागेको हुँदा राहत वितरणमा केही ढिलाई भयो,' अध्यक्ष यादवले भने,'ढिलै भएपनि लकडाउनको नीतिलाई आत्मसात गर्दै दुरुस्तका साथ राहत वितरण हुनेछ ।राहतमा कुनै राजनीतिकरण नभएको उनले थपे राहत बितरण दुई दिन अझै चल्ने जानकारी दिए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment