Onlinesiraha-Nepali |
सिरहाको चोहर्वामा एक महिने मन्टेश्वरी तालिम सम्पन्न Posted: 08 Mar 2020 05:51 AM PDT ![]() बच्चालाई माया ममता गरी अध्यापन गराएमा उनिहरु चाँडो सिक्ने अर्की सहभागी करीना चौहानको भनाई रहेको थियो , यो तालिम लिएर घरको बच्चाहरुलाई पनी पढाउन सहज भएको उनले थपिन । रोजगारी सर्भिस प्रा. लि. को आयोजनामा संचालित तालिमको प्रमुख अतिथिमा शान्ति निकुञ्ज ईङ्गलिश बोडीङ्ग स्कुल गोलबजार –७ चोहर्वाका संस्थापक रामप्रकाश सिंह रहेको थियो भने कार्यक्रमको उदघोष जागरण नेपालका सचिब हरेराम साफीले गरेका थिए । सामाजबादी पार्टीका केन्द्रिय सह ईन्चार्ज मनोज महतोको बिशिष्ठ आतिथ्य , प्रधानाध्यापक बिनोद साह , जागरण नेपालका कार्यक्रम संयोजक सरोज कुमार राय , कोषाध्यक्ष गायत्री कुमारी राय लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । २४ जनाको सहभागीता रहेको तालिमकोको सहजिकरण सोनी पौडेल तामाङले गरेका थिए । तालिम पश्चात सहभागी सबै जनालाई रोजगारीको ग्यारेन्टी समेत गरिने आयोजकले जनाए । यस अघि सिरहा जिल्लाको लहान महोत्तरी जिल्लाको बर्दिबासमा जागरण नेपालको आयोजनामा मन्टेश्वरी तालिम सम्पन्न भैसकेको छ । कार्यक्रमको समापन समाहरोहमा बोल्न अधिकांस बक्ताले मन्टेश्वरी तालिमको प्रसंशा गरेका थिए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment