चैत्रमा हुने छात्रबृती परिक्षामा सहभागी हुन जिल्लाका सम्पुर्ण बिधालयलाई निष्ट कलेजद्धारा आग्रह Posted: 06 Feb 2020 10:33 PM PST संजय विश्वकर्मा लहान २४ , माघ । बिज्ञान संकायमा नेपालको उत्कृष्ट काठमाडौका एक कलेजद्वारा सिरहा जिल्लाको -३ स्थानमा सिस्टम ,सेक्सेस र ह्यापिनेस बिषयमा एक दिने कलेज मोटिभेशन कार्यक्रम सम्पन्न भएको छ । लहानमा माघ २१ गते ,मिर्चैयामा २२ र बन्दीपुरमा २३ गते गरि तीन दिनमा सो कार्यक्रम सम्पन्न गरेको आयोजक निष्ट फाउन्डेसनले जनाएको छ । सफलताका कथाका साथै जिवनमा खुसि हुनका लागी बिभिन्न बिधिहरुको बिषयमा कार्यक्रममा ब्यापक रुपमा चर्चा भएको थियो । निष्ट कलेजको मिडिया मोटिभेशन मास्टर सिमोन न्यैपानेले प्रस्तुत गरेको मोटीभेशन कार्यक्रममा ३ वटै स्थानका करिब ३० वटा बढि निजि स्कुलका बिद्यार्थी, शिक्षक र संस्थापकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा मोटिभेटर सिमोन न्यौपानले बिधार्थीहरुलाई पढाईको क्रममा तनाब न्युनिकरण गर्नका लागी बिभिन्न बिधि, बिधार्थीको चाहना अनुसारको शिक्षा भएमा पढाई प्रती आकर्षित हुने लगायतका बारेमा जानकारी गराएका थिए । कक्षा १० को बिद्यार्थीहरुको सहभागीता कार्यक्रममा समाजमा व्यापक रुपमा अभिभावकहरुको करले विद्यार्थी पढ्ने गरेकोले त्यस्ता शिक्षाले परिवार ,समाज र देश विकासका लागी प्रभावकारी नहुने कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले बताएका थिए । सन १९९३ मा स्थापना भएको निष्ट कलेज नेपालभरीमा बिज्ञान शंकायमा उत्कृष्ट घोषणा हुनुका साथै हजार भन्दा बढी डाक्टर , तिन हजार भन्दा बढी ईन्जिनिर, सय भन्दा बढी सिए लगायतका समाजका प्रतिष्ठित ब्यक्तिहरु उत्पादन गरेको कलेज श्रोतले जनाएको छ । नेपालको लैनचौर, पाटन, भक्तपुर, बनेपामा रहेको निष्ट फउन्डेशनमा करिब ६ हजार बिधार्थीहरुले उच्च शिक्षा हासिल गरिरहेको छ भने प्रत्येक वर्ष सयौको संख्यामा छात्रबृती पाईरहेको छ । छात्रबृति कार्यक्रममा सबैभन्दा बढि बिद्यार्थीलाई सहभागी गराउने दाबी गर्दै यस कलेजले २०७६ चैत्र २२ गते लहानको माडबारी सेबा सदनमा छात्रबृती परिक्षा संचालन गर्ने जनाएको छ । निष्ट फउन्डेशनका एजुकेशनल कन्सल्टेन्ट राज कुमार गुप्ता र सुमन सुबेदीको समेत सहभागिता रहेको कार्यक्रमा छात्रबृती परिक्षामा सहभागी हुन सिरहाका सम्पुर्ण बिधालयहरुलाई आग्रह गरेका गरेका छन । |
सिरहा बासीको म ऋणि छु : अध्यक्ष प्रचण्ड Posted: 06 Feb 2020 10:06 PM PST महेश सिंह २४ माघ सिरहा - सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आयोजित झण्डा मेलाको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले मधेसमा सिँचाइ र भौतिक पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको बताएका छन्। मधेसको मुख्य समस्या नै सिँचाइ रहेको भन्दै कमला–सुन कोशी डाइभर्सनको काम बढाउनुपर्नेमा जोड दिए।उनले कोशी–कमला डाइभर्सन निर्माण चाँडै सुरु हुने पनि विश्वास व्यक्त गरे। अध्यक्ष प्रचण्डले हुलाकी सडक निर्माण, निजगढ विमन स्थल निर्माण,रेलमार्ग निर्माण तथा फास्टटयाक तीव्र गतिमा भइरहेको बताए। नेपाल कम्युनिष्ट पार्टी (नेकपां) अध्यक्ष तथा पुर्व प्रधानमंत्री पुष्पकमल दाहाल 'प्रचण्डले मधेससँगको प्रेम कहिले टुट्ने छैन बताएका छन । एक फरक प्रसंगमा उनले तराई–मधेस र पहाडलाई जोडेर आर्थिक समृद्धिको नयाँ यात्रा सुरु भएको बताए । संविधान संशोधनका लागि पार्टी सकारात्मक रहेको भन्दै मधेससँग आफुले गरेको प्रेम टुट्न नदिने बताए। 'सिरहा आउँदा आफ्नै घर आएजस्तो लाग्छ', उनले भने, 'माइत आएको महसुस हुन्छ।' यस्तै नेकपा नेता तथा पुर्व मंत्री मातृकाप्रसाद यादबले मधेस–पहाडका उत्पीडित जनता एकजुट नभएसम्म अधिकार नपाउने बताए। उनले एउटा मधेसी दल सरकार छोड्दा अर्को दल सरकारमा आउन खोजेको भन्दै मधेसी जनता एकजुट नभएसम्म संविधान संशोधन नहुने धारणा राखे। त्यसतै अर्का नेत्री सरीता निरीले भने मधेशमा एउटा राष्टिय प्रश्न उब्जेकोछ त्यो प्रश्न एकदिन घटनामा परीनत पनि हुन सक्छ त्यसकारण प्रश्नको उत्तर सामुहिक रुपमा खोजन तयार छौ सामुहिक रुपमा प्रश्नको उत्तर आएन भने हामी मधेशी आफै उत्तर खोज्न तयार हुनेछौ । 'कला संस्कृति हाम्रो स्वभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान' मूल नारासहित १० दिने मेला सुरु भएको हो। स्थानीय कृषिलाई आधुनिकीकरण गर्न प्रोत्सान, बालविवाह, दाइजो प्रथा, लैङ्गिक हिंसा न्यूनीकरण, विद्यार्थीको क्षमता अभिवृद्धि, स्थानीय व्यवसाय प्रवर्धन तथा आफ्नो कला संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ महोत्सवको गरिएको गाउँपालिका अध्यक्ष तथा महोत्सव आयोजक मूल समितिका संयोजक केदारनाथ यादवले बताएका छन। |
सिरहाको कबिलासी स्कुलमा गैर कानुनी रुपमा विधालय व्यवस्थापन समिती गठन : Posted: 06 Feb 2020 10:00 PM PST महेश सिंह २४ माघ – सिरहाको सुखिपुर नगरपालिका ४ कविलासीमा रहेको जनता चेथरु जीतन मा. वि.को विधालय व्यवस्थापन समीती संघिय शिक्षा ऐन तथा नियमावलि विपरीत निर्माण गरेको, नगर शिक्षा ऐन वमोजिम गैर कानुनी ढंगबाट विधालय व्यवस्थापन समीती गठन गरेको राजनीतिक दल र अभिभावकहरुको आरोप रहेको छन् । २०१६ सालमा स्थापना भएको यो विधालय जिल्लाकै एक पुरानो विधालयको रुपमा चिनिन्छ । नेपालको संविधान २०७२ मा उल्लेख भए बमोजिम संघिय ऐनको अधिनमा रहि प्रदेश सरकारले र प्रदेश ऐनको अधिनमा रहि स्थानीय सरकारले नियमावलि निर्माण गनुपर्ने हुन्छ । जवकि प्रदेश २ सरकारले हालसम्म कुनै शिक्षा ऐन तथा नियमावलि निर्माण गरेको छैन । विधालयका प्र.अ. सोनफि यादवले स्थानीय शिक्षा ऐन बमोजिम विधालय व्यवस्थापन समीती गठन गरको दाबि गरेका छन् । यस्ता गठित समीती माथी चित नबुझेको राजनीतिक दल र अभिभाकहरुलाई अब पनि चित बुझदो खाले समीती गठन गर्न सक्ने प्र.अ. यादवले बताए । नव गठित समीतीको बारेमा बुझन खोजदा बैठक रजिस्टर विधालयमा नभएको र सो रजिस्टर प्र.अ. यादवले नै लगेको विधालयका निमित प्र.अ.राम कृपाल ठाकुले बताए । ठाकुरले थपदै भने म शिक्षा तर्फको पढाई हेरने गर्दछु प्रशासनिक कार्य प्र अ आफै हेर्ने गर्दछ । गठन गरीएको विधालय व्यवस्थापन समीती राजतन्त्र कालमा हुने गरेको कानुन हुबहु हो । राजाको शैलिमा अध्यक्ष पदमा टिका लगाउने प्रवधान ल्याएको प्रति स्थानिय अभिभावकहरु, राजनीतिकर्मी, भद्र भलादमीहरुको आपति रहेको छ । यसरी गैरकानुनी तरिकाबाट गठन गरीएको विधालय व्यवस्थापन समीती विघटन गरी संघिय शिक्षा ऐन अनुसार समीती गठन गर्न आयोजक समीतीले जोडदार माग गरेका छन् । विगत डेढ वर्षदेखि समीती विहिन रहेका विधालयमा समीती गठन भएको दिन नगर प्रहरी, शस्त्र प्रहरी समेत बोलाइ समीती गठन गर्न दबाब सिर्जना गर्ने र प्र. अ.ले ३ जनाको नाम स्थानिय तहमा पठाइ एक जना छान्ने जस्ता प्रक्रिया अपनाइएको आरोप समाजवादि पार्टीका केन्द्रिय सदस्य हरी नारायण कामतिले लगाएका छन् । गठन गरीएको समीतीलाई ८० प्रतिशत भन्दा बढि अभिभावकहरुले मान्यता नदिएको र वडा ४ का वडा अध्यक्ष राम लोभित यादवले पनि प्र.अ. यादवकै संरक्षण गरेको नेपालि कांग्रेसका महासमीती सदस्य राजकुमार पासवानले वडा अध्यक्ष यादव माथि आक्रोस पोखेका थिए । यता भु.पु. विधालय व्यवस्थापन समीतीका अध्यक्ष रामवालक यादवले पनि वर्षौ देखि विधालयमा हर हिसाव नभएको, प्र.अ. यादव नियमित विधालय नआएको, छात्रवृति रकम, प्लस टु को रकममा हिनामिना, कम्प्यूटर, प्रिन्टर जस्ता उपकरणमा मनमानी गरेको आरोप समेत लगाएका छन् । प्र.अ. यादव माथी विधालयका प्रा.वि. तहका शिक्षा संजय कुमार यादवको २०७४। ७५ को पहिलो चौमासिक तलब नपाएको शिक्षक यादवले गुनासो पोखेका छन् । संर्घष समीती सुखीपुर नगरपालिका ४ कविलासी द्वारा आयोजित पत्रकार सम्मेलन मार्फत विधालयमा शान्तिपूर्ण धारणा लगायत बिभिन्न किसिमका चरनबद्ध आन्दोलनका कार्यक्रम सार्वजानिक गरिएको हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गर्दै संघर्स समीतीका एक सदस्य तथा राजपाका नेता राम रिझन यादवले बताउनुभएको छ । नव गठित विधालय व्यवस्थाापन समितिको अध्यक्षमा श्याम कुमार यादव चयन भएको छ । |