/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


भाषा संरक्षण गर्न सरकार पछी नपर्ने : प्रदेश प्रमुख परियार

Posted: 15 Feb 2020 02:59 AM PST

महेश सिंह सिरहा ३ ,फाल्गुन - अहिलेको बर्तमान सरकार भाषा संरक्षण गर्न लागी परेको प्रदेश नम्बर –२ का प्रदेश प्रमुख तिलक परियारले बताउनु भएको छ । मगही भाषा अभिलेखिकरण सम्बन्धी एक दिने गोष्ठीको उदघाटन गर्न सिरहाको लहान आएका प्रदेश प्रमुख परियारले भाषा आयोग मार्फत नेपालमा बोलिने हरेक भाषहरुको संरक्षण गर्न सरकार तयार रहेको बताउनु भयो । नेपालमा बोलिने १ सय २८ भाषालाई संरक्षण गर्नका लागी भाषा आयोग र सरकारलाई बिच बिचमा सरसल्लाहको आब्यश्क परेको हुदाँ सो कार्यमा सहयोग गर्न भाषा बिद्धहरुलाई उनले आग्रह गरे । प्रमुख अतिथिको रुपमा बोल्दै प्रमुख परियारले भने , ' संघियतालाई सफल गर्नका लागी स्थानिय भाषा संस्कृतिको संरक्षण गर्न अति आब्यश्यक रहेको हुँदा आ – आफने क्षेत्रबाट भाषा संरक्षणका लागी सहयोग गर्नुपर्छ , सरकार पछी नपर्ने उनले दाबी गरे ।' नेपालको २०६८ को जनगना अनुसार करीब ३५ हजार मात्र मगही भाषा बोल्नेको तथ्याङ्क रहेकोले सो जनगणना पुर्ण रुसमा त्रुटी रहेको मगही भाषा अध्ययन केन्द्रका अधयक्ष मनाई महतोले बताउनु भयो । उहाँले प्रदेश नम्बर– २ मा मात्र मगही भाषा बोल्नेको संख्या ४० लाख रहेको दाबी गरेका छन । महतोले मधेशमा बोल्ने ठेठ भाषा नै मगही भाषा हो , 'पिछडाबर्गका २९ जाती , दलित समुदायका १७ र जनजाती समुदायका २ वटा जाती मगही भाषा बोल्ने गरेको उनले दाबी गरे ।' तराई मधेशमा कुशवाहा, केवट , यादव , सुनार , लगायत तेली जातीहरुले मगही भाषा बोल्ने गरेको उनले भने । पुर्व मन्त्री लक्ष्मण मेहता , भाषा आयोगका अध्यक्ष बलदेब अबस्थी लगायत प्रदेश नम्बर १ र २ का भाषा सम्बन्धी जानकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमबाट आएका सुझाबहरुलाई संङ्कलन गरी भाषा आयोगमा बुझाउने तयारी गरेको आयोजक भाषा आयोगले जनाएको छ ।

सिरहाको लहानमा पाँच दिने किशोर किशोरी विकास अन्तक्रिया तालिम सम्पन्न

Posted: 15 Feb 2020 02:50 AM PST

संजय विश्वकर्मा लहान २ , फाल्गुन । सिरहाको लहानमा पाँच दिने किशोर किशोरी विकास अन्तक्रियात्मक सिकाई शत्र संचालन सम्बन्धी सहजकर्ता तालिम सम्पन्न भएको छ । सबल नेपाल राजबिराज सप्तरीको आयोजना र सेभद चिल्ड्रेनको सहयोगमा तालिम सम्पन्न भएको हो । सुरुङ्गा नगरपालिकाको वडा नं. १,२,३,४,७ र ८ का २५ जना सहजकर्ताहरुको सहभागितामा तालिम भएको थियो । पाँच दिने तालिमा बाल संरक्षण , लैङ्गिक बिभेद , बाल अधिकार , बाल सहभागीता लगायतको बारेमा बिशेष रुपले छलफल भएको तालिममा सहभागी एक जना सहजकर्ता ज्ञानु राउतले जनकारी दिए । कार्यक्रमको सहजिकरण सवल नेपालका किशोर किशोरी विकास कार्यक्रमका फिल्ड अफिसर खडक नारायण चौधरी र सेभ द चिल्ड्रेन की कार्यक्रम संयोजक रचना थापाले गर्नु भएको थियो । कार्यक्षेत्रमा भित्रका बाल कल्बमा कक्षा संचालन गर्नका लागी बालबालिका संग सहजीकरण गर्ने सिपको बिधिहरुको बारेमा जानकारी भएको अर्का सहजकर्ता तिज नारायण दासले बताए । तालिममा सबल नेपालका कार्यक्रम सुपरभाईजर अशोक कुमार साह , रेखा चौधरी सहजीकरकाण गरेका थिए । सुरुङ्गा नगरपालिका भित्रका २० वटा वालक्लबमा कक्षा संचालन गर्नकालागी सहजकर्ता छनौट गरिएको हो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment