/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


सिरहाको कर्जन्हामा पासवान जातिको प्रदेश स्तरीय भेला सम्पन्न

Posted: 09 Feb 2020 07:43 AM PST

महेश सिंह २६ माघ सिरहा - सिरहाको कर्जन्हामा पासवान जातिको प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । संगठित होउ , शिक्षित बनु , संघर्ष गरौं , मुलनाराका साथ सिरहाको कर्जन्हामा नगरपालीका स्तरीय पासवान समाजको माईनजनी संस्था गठन तथा संचालन छलफल सभा शनिबार सम्पन्न भएको छ् । रामबलि पासवानको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी का प्रदेश न . २ क, सह - इन्चार्ज तथा निबर्तमान भुमि सुधार र उद्योग मन्त्री महेन्द्र पासवानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । छलफलमा बोलदै प्रमुख अतिथि महेन्द्र पासवानले भने राजनीतिक रूपमा अहिलेको संविधानले भभासिक , समाजिक रूपमा अधिकार दिन सकेको छैन । ब्राह्मण बादले दलित , जनजाति मात्रहोइन क्षेत्रीहरु समेत पीडित भएको पासवानले बताए । बिशिस्ट अतिथि कर्जन्हा नगरपालिकाका प्रमुख गगा पासवानले पासवान समुदायको माईनजनले पासवान समुदाय भित्र दहेज मुक्त बिवाह , बालबिवाह मुक्त गर्ने निर्णय गर्नु पर्छ । कुनै पनि राजनीति दल , सभा दलितको उपस्थिति बिना सम्पन्न नहुने बताउदै नगर प्रमुख पासवानले दलितहरु एकजुट भए भए दलित नेतृत्वलाई सहयोग गर्न आग्रह गरेका थिए । दलित भित्र पासवान समुदायले नेतृत्वदाई भुमिका निर्वाह गरेकै कारण गैर दलितहरुले पासवानलाई किनारा लगाउन खोजेको बक्ताहरु ले बताएका थिए । प्रदेश न. २ का इन्सेक संयोजक राजु पासवानले मनत्बय राख्दै भने आफ्नो जातिको उत्थानको लागी पासवान समुदायलाई एक जुट भएर संगठित हुन जरुरी छ् । अहिलेको परिपेक्षमा पासवान समुदायमा राजनीतिमा पहुँच भए पनि शिक्षामा पछाडी रहेकोले शिक्षामा विशेष जोड दिन इन्सेक संयोजक पासवानले जिकिर गर्नु भयो । प्रदेश न. २ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत अधिकृत सुनिल कुमार पासवानले भने शिक्षाको क्षेत्रमा आफुले दलित मात्र होईन । आथिक अबस्था कमजोर भएका बिद्यार्थीको लागि प्रदेश १ का मोर्ङग देखी प्रदेश २ का पर्सा सम्मका बिद्यार्थीलाई सहयोग गर्ने बाचा समेत गरेका थिए । कार्यक्रममा प्रदेश न. का सप्तरी देखी पर्सा सम्मका पासवान समुदायका वरिष्ठ पत्रकार भोला पासवान नेपाल पोस्ट दैनिक अन्लाईन पत्रीकाका प्रधान समपादक महेश सिंह , इजोर दैनिक पत्रीकाका सम्पादक धर्मेन्द्र कुमार पासवान राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय सचीव राजा राम पासवान , सब-इन्जिनियर गोबिन्द पासवान नेकपाका युवा नेता मनोज कुमार पासमान , जनमत पार्टीका विद्यार्थी नेता राम अधिन पासवान , राम अधार पासवान , शिक्षक अरुण पासवान लगायतको नेता र पत्रकार हरुको उपस्थिति रहेको आयोजकले जानकारी दिनु भयो ।

बलानबिहुलमा शिक्षा बिमा शिविर

Posted: 09 Feb 2020 07:28 AM PST

संजय विश्वकर्मा लहान, २६ माघ । प्रदेश नं. – २ सरकारको "बेटी बचाउ , बेटी पढाउ" कार्यक्रम अन्तर्गत सप्तरीको बलानबिहुल गाउँपालिकामा आईतबार छोरी शिक्षा बिमा तथा मुद्धती बचत खाता शिबिर सम्पन्न भएको छ । भगवती राष्ट्रिय प्रा.बि. चन्हीमा भएको शिविरमा गाउँपालिकाका करिब ४ सय छोरीहरुको शिक्षा बिमा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामसुन्द्र थापाले जानकारी दिनुभएको छ । गाउँपालिका अध्यक्ष दयानन्द गोईतको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष रुबि गुप्ताको प्रमुख आतिथ्यमा भएको शिविरमा प्रभु बैङ्कबाट मुकेश कुमार सल्हैता यादव सहित आएका ७ जनाको टोलीबाट प्रति छोरीको ३ लाखको शिक्षा बिमा गरिएको थियो । प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयल जनकपुरधामको सहयोगमा आयोजित कार्यक्रममा वडा नं. १ देखी ६ सम्मका सम्पुर्ण वडाअध्यक्षको सहभागिता रहेको थियो । "बेटी बचाउ , बेटी पढाउ" कार्यक्रमका समाजिक सुरक्षा जिल्ला संयोजक सप्तरीका पुनम चौधरीको बिशिठ आतिथ्यमा भएको कार्यक्रमको उदघाटन समाहरोहमा गाउँपालिकाका आईटी अफीसर सुरेन्द्र कुमार यादब , योजना अधिकृत रमेश कुमार मरिक लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको उदघोष मो. नसमि राईनले गरेका थिए भने कार्यक्रमको बिशेष संयोजन राम नारायण यादबले गरेको आयोजकले जनाए ।

नगर सुधार समितिद्वारा सुखिपुरमा नि:शुल्क लोकसेवा कक्षाको तयारी

Posted: 09 Feb 2020 07:21 AM PST

लहान २४, माघ: सिरहाको सुखिपुर नगरपालिकामा बिहिवार देखि दुई महिने नि:शुल्क लोकसेवा तयारी कक्षाको सुभारम्भ भएको छ । प्रतीदिन ३ घन्टा संचालन भैरहेको कक्षामा डिएन यादव , बासुदेब दहाल ,भरोषी यादव र भूषणलाल कर्णले सहजीकरण गरिरहेको आयोजक नगर सुधार समिती सुखिपुरका अध्यक्ष बिपि भुवन यादवले जानकारी दिनुभयो । समिति अध्यक्ष यादवले उदघाटन गरेको कार्यक्रममा सुखिपुरका तीन जना लोकसेवामा नाम निकाल्न सफल भएकाहरु सम्मानित भएका थिए । सम्मानित हुनेमा सुखिपुर नगरपालिका वडा नम्बर – ४ बस्ने सुखिपुर नगरपालिकामा कर्यरत शिक्षा अधिकृत भरोषि यादव , सोही नपा वडा नम्बर – ६ निवासी खरिदार रामकुमार यादव र वडा नम्बर – ५ निवासी खरिदार प्रदीप यादव सम्मानित भएको थियोे । अनुसन्धान , शैन्य , प्रहरी जवान र खरिदारको तयारी कक्षामा सुखिपुर नगरपालिका करिब ४० जना बिद्यार्थीहरुको सहभागीता रहेको जानाईएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment