Onlinesiraha-Nepali |
- सिरहाको गोलबजारमा ९ जना डेंगुका बिरामी भेटिए
- सिरहाका विधुत कर्मचारी ८० हजार घुस सहित पक्राऊ
- काँकभिट्टा बाट काठमान्डौं जादै गरेको बस सिरहाको कर्जन्हामा दुर्घटना
- नेपाल कुशवाहा कल्याण समाजको पाचौं क्षेत्र न. १ को अधिबेशन सम्पन्न
सिरहाको गोलबजारमा ९ जना डेंगुका बिरामी भेटिए Posted: 09 Sep 2019 05:18 AM PDT महेश सिंह - सिरहा,२३ भदौं । सिरहाको गोलबजार नगरपालिकामा ९ जना डेंगुका बिरामी फेला परेका छन् । उनीहरूमध्ये मेयर देवनाथ साहकै घरका चार बिरामी छन् । बिरामीको काठमाडौं, धरान र विराटनगरमा उपचार भइरहेको छ। डेंगुको प्रकोप देखिएपछि नगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किन थालेको छ । नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पंजियारका अनुसार वडा नम्बर ४ का ७ जना र वडा ३ का २ जनामा डेंगु संक्रमण देखिएको हो । डेंगु संक्रमण फैलिन नदिन औषधि छर्ने र कसरी बच्नेबारे प्रचार प्रसार थालिसकेको उनले जानकारी गराए । 'लामखुट्टे नियन्त्रण अभियान चलाउने योजना अन्तर्गत औषधि छर्ने काम हुन सकेको थिएन,' मेयर साहले भने, 'डेंगु सक्रमित देखिएपछि तत्कालै स्वास्थ्य शाखालाई नियन्त्रण गर्ने योजना बनाउन निर्देशन गरेको छु।' नगरको सम्वेदनशील क्षेत्रमा 'फोबिङ्ग' ९औषधी छर्ने कार्य० र डेँगुबाट बच्ने सन्देशमूलक सूचना सम्पे्रषण सुरु भइसकेको उनले बताए। डेँगु रोगका लामखुट्टे सफा र स्थिर पानीमा बस्ने भएकोले त्यस्ता ठाउँहरूलाई पहिचान गरी नष्ट गर्नुपर्ने स्वास्थ्य संयोजक पंजियारले बताए। घर वरपर फालिएको खाली बोतल, गाडी तथा मोटरसाइकलका टायर, कुलर, गमला जस्ता ठाउँहरूमा पानी जम्न नदिने उनले स्थानीयहरूसँग आग्रह गरेका हुन । |
सिरहाका विधुत कर्मचारी ८० हजार घुस सहित पक्राऊ Posted: 09 Sep 2019 05:09 AM PDT महेश सिंह ,सिरहा, २३ भदौं । सिरहामा विद्युतका एक कर्मचारी ८० हजार घुससहित पक्राउ परेका छन् । अख्तियारको टोलीले विद्युत कार्यालय सिरहाका इलेक्ट्रेसियन छेदिलाल साहलाई घुस सहित पक्राउ परेका छन् । सिरहाको विष्णुपुरस्थित एक होटलमा सेवाग्राहीबाट घुस लिदै गरेको अबस्थामा रंगेहात उनलाई पक्राउ गरिएको अख्तियारको कर्मचारीले जनाएका हुन। सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । पक्राउ परेका इलेक्ट्रेसियन साहमाथि अख्तियारले कारबाही प्रक्रिया अगाडी बढाएको हो । आजै साहलाई अख्तियारको कार्यालय बर्दिबास लगिएको बताए । |
काँकभिट्टा बाट काठमान्डौं जादै गरेको बस सिरहाको कर्जन्हामा दुर्घटना Posted: 09 Sep 2019 03:29 AM PDT महेश सिंह - सिरहा २३ भदौ । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दर्जनै यात्रु घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाको अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको परयागपुर स्थित यात्रुवाहक बस दुर्घटना हुँदा दर्जन नौ घाईते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत काँकभिट्टा बाट काठमान्डौं जादै गरेको ना ५ ख ५२३४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना भएको हो । काठमान्डौं जादै गरेको शुभ बिहानी नामक बस दुर्घटनामा परेका छन । ईलाका प्रहरी कार्यालय मिर्चैया र कर्जन्हाबाट खटिएको प्रहरी टोलीले घाईतेहरुलाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको हो । दुर्घटनामा परी दुई जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका हुन । नाम खुल्न नसकेको दुवै जनाको टाउको र छातीमा गम्भिर चोट लागेको प्रारम्भिक जानकारी दिइएको छ।घाईते भएका करिब दुई दर्जन यात्रुहरुको स्थानीय स्तरको विभिन्न अस्पताल तथा क्लीनिकहरुमा उपचार भईरहेको प्रहरीले जानकारी दिनु भयो । |
नेपाल कुशवाहा कल्याण समाजको पाचौं क्षेत्र न. १ को अधिबेशन सम्पन्न Posted: 09 Sep 2019 01:55 AM PDT महेश सिंह ,सिरहा - २३ भदौ । नेपाल कुशवाहा क्ल्याण समाज सिरहा क्षेत्र न. १ को क्षेत्रीय र लहान नगरको नयाँ कार्यसमिति छैन भएको छ । नयाँ कार्य समितिहरु लहान नगरपालीकाको लागि नगर अध्यक्षमा रामु महतो ,उपाध्यक्ष,रमेश महतो सचिव जितेन्द्र महतो , सह सचीब देबन महतो ,कोषाअध्यक्ष अनु महतो सदस्यहरु ओम सिंह , महेश प्रसाद महतो ,रामउदगार महतो ,ओमप्रकाश महतो लगायतका २८ सदस्य चैन भएको भएको छ । छनोट को लागी राती अबेर सम्म बिवाद देखीएको थिए । बिवाद ले गर्दा क्षेत्रीय कार्यसमितिहरु चैन हुन नसके बताए । नेपाल कुशवाहा कल्याण समाजमा जातीय सदभाव तथा जातीय दोन्द न्यूनीकरण गर्न समग्र कुशवाहा बन्धुको राजनीतिक , समाजिक उत्थान र नेतृत्व बिकासमा अहम भुमिका निर्वाहको उदेश्य र कुशवाहा समाजको उत्थान ,प्रगति जातीय समस्या ,कुरुतीहरु न्यूनीकरण गर्न लागेको हो ।नेपाल कुशवाहा कल्याण समाज सिरहा क्षेत्र न.१ को क्षेत्रीय समितिको ३० बर्ष पुरा भई ३१ औं बर्षमा प्रवेश गरेका छन् । जातीय रुपान्तरणको महाअभियानमा लागेको र समग्र कुशवाहा बन्धुको उत्थान तथा सम्मान गर्दै जय कुशवंशिको नारा जयमान गरेको हो ।कार्यक्रम समाजको जिल्ला अध्यक्ष कामेस्वर सिंह को अध्यक्षतामा भएको थियोे भने कार्यक्रमको प्रमुख अतिथिको आसन बाट बोल्दै भुपु बन राज्य मन्त्री लक्ष्मण मेहताले भने अहिले पनि कुवाहा समाजमा आपशि मेलमिलाप र अ-आफ्नो ठाँउबाट सहयोगको भावना सम्पुर्ण कुशवंशिमा हुन नितान्त जरुरी देखीको बताए । विशिष्ट अतिथि भुपु मन्त्री शत्रुधन सिंह , भुपु पसुपति आदर्श उच्च माबीको प्रधान अध्यापक बिस्वनाथ महतो , अतिथिहरु हरेक गुन्ताले भरिपुर्ण संगठनको बिस्तारमा आफनो क्षमताले भियाए अनुसार सल्लाह ,सुझाव र संगठन बिस्तारमा ओहोरात्र खटने संगठनको संस्थापक तथा पुर्व जिल्ला अध्यक्ष रामनारायण मेहता , निबर्तमान क्षेत्रीय उपाध्यक्ष राम भरोशि महतो ,लहान नगर समितीका बर्तमान अध्यक्ष रामअबतार महतो , समाज सेबि दिपेन्द्र प्रसाद महतो ,अतिथिहरु राम अशिष महतो ,ओपेन्द्र महतो ,लहान अस्पतालका भुपु अध्यक्ष फुलेश्वर महतो , युवा नेता रामचलितर महतो ,दिनेश महतो , रामउगार महतो,ललित महतो ,ज्ञान् महतो , रामु महतो ,अधिबकता गोपि प्रसाद सिंह ,शिक्षक बिरेन्द्र सिंह ,समाज सेबि हरि महतो, दिनेश महतो ,समाज सेबि महेश प्रसाद कुशवाहा ,बिन्देश्वर महतो,शिक्षक राशलाल महतो, विद्यार्थीको जिल्ला अध्यक्ष मुकेश महतो सल्लाह कार रोशन कुशवाहा , पत्रकार एम महतो ,रामभरोशी महतो , महेश सिंह लगायतका ब्यक्तीहरुको सहभागिता रहेको आयोजकले जानकारी दिनु भयो । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment