Onlinesiraha-Nepali
نشرت بواسطة:Domain Registration Nepal
September 04, 2019
في
لاتوجد تعليقات
पर्षाका सन्तोष हतियार सहित प्रहरीको फन्दामा Posted: 03 Sep 2019 11:14 PM PDT  पर्षा भदौ १८ । जिल्ला पर्सा बीरगंज रामगढवा घरभई कर्तव्य ज्यान मुद्दामा बिरगंज कारागारमा कैद सजाय भुक्तान गरी छुटेका फुल हसन अंसारीको समुहले बीरगंजका सर्वसाधारण जनता, उद्योगी व्यपारीहरु तथा कारागार कार्यालयमा रहेका चौकीदार शेष भोला समेतलाई फोन धम्की दिई रकम माग्ने गरेको र बीरगंज नगरमा विभिन्न मिति तथा स्थानहरुमा बिस्फोटक पदार्थ (पटाका) पड्काई जनमानसमा भयत्रासको बातावरण सिर्जना गरेकोमा पुनः बीरगंजका स्थानीय जनमानसमा भयत्रास फैलाउन उद्देश्यले सोही अपराधिक समुहका केही व्यक्तिहरु हातहतियार गोली गठ्ठा सहित बीरगंजमा प्रवेश गर्दै छन् भन्ने प्राप्त सुचनाको आधारमा यस कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले जिल्ला पर्सा बीरगज महानगर पालिका वडा नं.१३ राधेमाई स्थित चोकमा चेकप्वाईन्ट खडा गरी शंकित व्यक्तीहरुलाई चेकजाँच गर्ने क्रममा राती १०:१० बजेको समयमा पश्चिमबाट पुर्वतर्फ शंकित अवस्थामा पैदल आउंदै गरेको व्यक्तिले प्रहरीलाई हतियार देखाई ताक्दै भाग्दा नियन्त्रणमा लिनको लागी प्रहरीले गरेको कारवाहीको क्रममा गोली प्रहार गर्दा जिल्ला पर्सा बीरगंज महानगर पालिका वडा नं.१६ ईनर्वा बस्ने जगा दास तत्माको छोरा बर्ष २६ को सत्यराज योगीको उपनामले चिनिने सन्तोष दास तत्मालाई दाहिने घुडामा गोली लाग्न गई घाईते भएकोमा तत्कालै उपचारको लागि नारायणी अस्पताल पठाईएको र कारवाहीको क्रममा निजले आफ्नो साथमा बोकेको म्याग्जीन सहितको टाईप ५४ मोडेलको जस्तो देखिने पेस्तोल थान १ सो मा प्रयोग हुने गोली राउण्ड १७ सेतो प्लाष्टिकमा रहेको खैरो रंगको धुलो जस्तो पदार्थ अ.१७० ग्राम हातहतियार तथा गोलीगठ्ठा समेतका सामानहरु बरामद गरी घटनास्थल मुचुल्का समेतको कार्य सम्पन्न गरी यस कार्यालयबाट थप अनुसन्धान कार्य भइरहेको। साथै निज सन्तोष दास तत्मा यस भन्दा अगाडी २०६५ मा हातहतियार मुद्दामा तत्काल पुर्पक्षको लागी जेल चलान भएको तथा २०६७ मा पशुपती रोड कैरियर ट्रान्सपोर्टमा काम गर्ने राजेश्वर दुवेलाई गोली प्रहार गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा ८ बर्ष ५ महिना १० दिन कैद संजाय भुक्तान गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको ।  |
No comments:
Post a Comment