Onlinesiraha-Nepali |
- मधेशमा ५ सय वटा बुढानिलकण्ठ शैलिको विद्यालय खेल्नु पर्छ, संयोजक मिश्र
- लहानका सरगम एफएम ले आफ्नो चौथो जन्मदिन बडो उत्साहको साथ मनाए
- बिश्व पर्यटन दिवसको अबसरमा जनकपुर सहित ७७ जिल्लामा बृहत सरसफाई
मधेशमा ५ सय वटा बुढानिलकण्ठ शैलिको विद्यालय खेल्नु पर्छ, संयोजक मिश्र Posted: 28 Sep 2019 06:41 AM PDT ![]() परम्परागत शैलिमा चल्ने ठूला पार्टीको पद्धतीका कारण देशमा वेरोजगार, भ्रष्ट्राचार बढ्दै गएको भन्दै संयोजक मिश्रले भ्रष्टाचार विरुद्धको शून्य सहनशिलता प्रमुख अभियान भएको तर्क अघि सारे । आफुहरु सत्ता प्राप्ती भन्दा पनि पार्टीले अघि सारेका एजेन्डाको न्यायको पक्षमा रहेको उनले बताए । सामान्य नागरिक देखि प्रवुद्ध व्यक्तिसंगको छलफललाई चलायमान र गतिशिल बनाउन राजनीतिक भुँइ यात्राको अभियान सुरु गरेको भन्दै संयोजक मिश्रले भातृ संगठनका रुपमा युवा, महिला र जेष्ठ नागरिक संगठन निर्माण गर्ने बताए । अन्य राजनीतिक पार्टी जस्तो, शिक्षक, वकील, इन्जिनियर, पत्रकार, डाक्टर, कर्मचारी लगाएतका संगठन नखोल्ने बताए । फरक प्रसंगमा संयोजक मिश्रले भने संविधानलाई नाघेर हिंसात्मक गतिविधिमा लागेको विप्लव माओवादीलाई सरकारले प्रतिवन्ध लगाउनु स्वभाविक भएको बताए । हिसांत्मक गतिविधि र बम विष्फोट गराउनु शान्ति विरोधी गतिविधि भएको उनले बताए । धेरै लामो त्याग बलिदानी पछि देशमा आएको संघियता, धर्मनिरीपेक्षता र गणतन्त्रको तत्काल उपलब्धी खोज्ने बेला नभएको भन्दै कार्यान्वयनको चरणमा भएकाले संस्थागत हुन अझै केहि समय लाग्ने संयोजक मिश्रले बताए । कार्यक्रम बिच सिरहा जिल्ला संयोजकमा धनपैत यादवलाई माटोको टिका लगाई संयोजकमा चयन गरेका छन । ![]() ![]() |
लहानका सरगम एफएम ले आफ्नो चौथो जन्मदिन बडो उत्साहको साथ मनाए Posted: 28 Sep 2019 03:09 AM PDT ![]() ![]() तेस्रो वार्षिकोत्सवको अवसरमा श्रोताहरुले रेडियो सुन्नुपर्ने खालका लोकप्रिय, ज्ञानबर्द्धक, बौद्धिक कार्यक्रम, सन्तुलित र तथ्यपरक समाचार, सकरात्मक सोच सहितको गीतसंगित तथा मनोरञ्जनका कार्यक्रमहरु अझ बढी थपिदै लैजाने योजना रहेको रेडियोका संस्थापक अध्यक्ष फिरोज शेखले बताएका छन । उहाँले आफना सदस्य, बिज्ञापन दाता, कर्मचारी, सहयोगी, स्वदेश तथा विदेशमा रहेका श्रोता लगायत रेडियोलाई यहाँ सम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सोहि अनुसार सहयोगको अपेक्षा गरेको अध्यक्ष शेखले बताउनु भएको छ। छोटो समयमा रेडियो सरगम ९३ मेगर्जले आफ्नो गुणस्तरीयता, निष्पक्षता, बोल्ने शैली, सुचना तथा मनोरंजनमा सबै स्रोता, विज्ञापनदाता, नागरिकसमाज र सिरहा, सप्तरी, धनुषा, उदयपुर, सिन्धुली, खोटाङ्ग, भारत बिहार लगायत अनलाइन प्रबिधि मार्फत देश तथा विदेशमा रहनु भएका स्रोताहरुको मन जितन सफल भएको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ट कार्य गर्दै समाज परिवर्तनमा अमुल्य योगदान पुर्याउने अध्यक्ष शेखले प्रतिवद्धता जनाएका छन्। रेडियो सरगमले विहान ४ :३० बजे देखि राति १२ बजे सम्म दैनिक २० घण्टा प्रसारण दिदै आइरहेको यस क्षेत्रका एक मात्र रेडियो स्टेसन हो । |
बिश्व पर्यटन दिवसको अबसरमा जनकपुर सहित ७७ जिल्लामा बृहत सरसफाई Posted: 28 Sep 2019 12:28 AM PDT नरेशचन्द्र बरबरिया,असोज ११ गते ।विश्व पर्यटन दिवस २०१९ को अवसरमा "बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल युवा परिषद द्वारा आयोजित बृहत सरसफाई कार्यक्रम देशको ७७ जिल्लामा बिहान ८ बजे देखि एकै समयमा सरसफाइ कार्यक्रम शुरु भएको थियो । नेपालको ७७ वटा सांस्कृतिक एंव पर्यटकिय स्थलमा ७७०० भन्दा बढि युवायुवतीहरुको सक्रिय सहभागीतामा २७ सेप्टेम्बर,२०१९ अर्थात शुक्रबार बृहत सरसफाइ गरि बिश्व पर्यटन दिवस मनाईएको थियो ।यस्तै जनकपुरधामको बिश्व पर्यटन दिवस तथा विजया दशमीको अवसरमा भिजिट मधेस नेपाल र महाबीर युवा कमिटीद्वारा आयोजित धार्मिक पर्यटकीय स्थलको रूपमा प्रख्यात जनकपुर स्थित श्री राजदेवी मन्दिरको सरसफाई कार्यक्रम सम्पन्न भएको थियो । प्रदेश न.का उद्योग तथा पर्यटन बन तथा बाताबरण मन्त्री शुरेश मण्डल,समजसेवी बैद्यनाथ शाह, कमला अभियानी बिक्रम यादव लगायत युवाहरुको उपस्थितमा सरसफाइ भएको थियो भने त्यसै सप्तरी जिल्लाको रुपनि गाउँपालिका वडा नम्बर -६ बिरेन्द्र बजार अवस्थित शिवधाम चुरे पहाडमा शनि मन्दिरको सरसफाइ विभिन्न संघ-संस्थाका उपस्थिति र भिजिट मधेस नेपालका प्रदेश नम्बर -२ को सह- संयोजक सुनिता साह लगायत सप्तरी टिमका सदस्यहरुको सहभागीता रहेको थियो । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment