Onlinesiraha-Nepali |
- नेपाल भेटेरिनरी एशोसिएन प्रदेश नंं. २ को अगुवाईमा निःशुल्क पशु स्वास्थ्य शिविर
- राजनीतिक सामाजिक शक्तिहरुबीच कार्यगत एकता तथा मोर्चाबन्दी गर्ने
- सिरहाको अधिकांश सरकारी विद्यालयको पठन- पाठन प्रभावित
नेपाल भेटेरिनरी एशोसिएन प्रदेश नंं. २ को अगुवाईमा निःशुल्क पशु स्वास्थ्य शिविर Posted: 05 May 2019 09:44 AM PDT ![]() कार्यक्रम मा नेपाल भेटेरिनरी एसोसिएसन प्रदेश न.२ का बोर्ड सदस्य डा.सुमन कुमार सिंहको अगुवाइ तथा बजरङ्ग भेटेरिनरी का पशु चिकित्सक डा.पवन कुमार झा,डा.दिपेन्द्र पन्डित डा.रोशन राजन साह का साथै एनिमल पयरासाइटोलोजिस्ट मि.सौरभ कुमार सिंह र प्रफुल चन्द्र झा ले पशुहरु को गोबर परिक्षण तथा जुका विरुद्ध को औषधी हरु वितरण गरियो कार्यक्रममा श्री जनता नमुना प्राबिधिक का जे.टि.ए. दिनेश शर्मा, चितरन्जन शर्मा र कृष्ण साफी को उपस्थिति मा सम्पन्न गरियो।साथै विभिन्न फर्मासिउटिकल कम्पनी Fleur Himalaya,Virbac, Q-Med,kantipur vet Distributor,Mankind तथा Bhaskar herbicutical ले sponsor गरेका थिये। ![]() |
राजनीतिक सामाजिक शक्तिहरुबीच कार्यगत एकता तथा मोर्चाबन्दी गर्ने Posted: 05 May 2019 09:18 AM PDT ![]() मोर्चाको केन्द्रीय सचिवालको बैठकबाट नेपाल सरकार, संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दल, कूटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संघ संगठन र नागरिक समाजका अगूवलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय समेत गरिएको छ । मोर्चाले आगामी भदौंको पहिलो साता काठमाडौंमा विशाल जनसभाको आयोजना गर्ने निर्णय पनि गरेको छ । यसका साथै राष्ट्रिय अध्यक्षकै संयोजकत्वमा सात सदस्यीय 'संगठन परिचालन तथा व्यवस्थापन समिति' पनि गठन गरिएको विज्ञप्तिमा जनाइएको छ । समितिका सदस्यहरूमा दीपक सिंह 'भास्कर मुक्ति', लाक्पा तामाङ, प्रेम तामाङ, बुलन यादव, सुमित्रा बास्तोला र दिवस सिंह रहेका छन् । ![]() |
सिरहाको अधिकांश सरकारी विद्यालयको पठन- पाठन प्रभावित Posted: 05 May 2019 09:08 AM PDT ![]() शिक्षा समन्वय इकाई समिती सिरहाको अनुसार पाठ्यपुस्तकको रकम निकासा नभएका तीनसय ३५ विद्यालय रहेका छन ।जसमा कक्षा १ देखि ९ सम्म ७६ हजार पाँचसय ८८ विद्यार्थी पढ्छन् । जिल्ला का सिरहा, लहान, मिर्चैया, कर्जन्हा, सुखीपुर र गोलबजार नगरपालिका लगायत नवराजपुर, भगवानपुर, औरही, नरहा र लक्ष्मीपुर पतारी गाउँपालिकाले रकम निकासा न गरेको बताएका छन । एकातिर 'हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुरयाऔँ' नारासँगै विद्यार्थी भर्ना अभियान शुरु गरेका छन भने अर्को तर्फ स्थानीय तहले विद्यालय लाई पाठ्यपुस्तक उपलब्ध गराउन सकेका छैनन । रकम अभावमा विद्यालयले पुस्तक उपलब्ध गराउन नसक्दा भर्ना अभियान समेतअन्योलमा परेको फुल कुमारी उच्च मा-बि-का एक प्राध्यापक भानु गौतम ले बताएका छन । जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले जिल्लाका स्थानीय तहलाई पाठ्यपुस्तक र छात्रवृत्तिको रकम तत्काल निकासा दिन आग्रह गरिएको जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले बताएका छ्न। |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment